default_image

6 years ago

October 13, 2018

मैत्रीपूर्ण खेलमा कतारले इक्वेडरलाई हरायो

68 views

0 Bookmark

(एजेन्सी) – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा एसियन राष्ट्र कतारले दक्षिण अमेरिकी इक्वेडरलाई पराजित गरेको छ । कतारले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको इक्वेडरमाथि ४–३ को जित निकालेको हो ।

कतारको जितमा अल्मोइज अलीले २ तथा अक्रम अफिफ र हसन अल हाइडोजले समान १ गोल गरे । इक्वेरका इनर भ्योलेन्सियाले २ तथा जोसे सेभालसले गोल गरेपनि हार टार्न सकेन । शुक्रबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३२औं मिनेटमा अक्रम अफिफको गोलबाट अग्रता बनाएको थियो । त्यसको चार मिनेटपछि नै अल्मोइज अलीले गोल गर्दै टिमको अग्रता दोब्बर पारेको थियो ।

पहिलो हाफमा २–० को अग्रता लिएको कतारले दोस्रो हाफमा पनि गोल गर्ने क्रम जारी राख्यो । हसन अल हाइडोजले गोल गरेपछि कतार ३–० ले अघि बढेको थियो । ६६औं मिनेटमा इनर भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, त्यसको एक मिनेट नबित्दै अल्मोइज अलीले गोल गर्दै कतारको अग्रता ४–१ मा पु¥याएको थियो । ७०औं मिनेटमा इनर भ्यालेन्सियाले दोस्रो गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याएका थियो ।

त्यसपछि इक्वेडरका फ्रिक्सन इराजो रातो कार्ड खादै मैदान बाहिरिएको थियो । १० खेलाडीमा समेटिएपनि इक्वेडरले कतारलाई दवावमा राख्दै एक गोल थप्न सफल भयो । जोस सेभालसले ८९औं मिनेटमा गोल गरेका थिए । तर, त्यो इक्वेडरको हार टार्न पर्याप्त भए । ९०औं मिनेटमा इनर भ्यालेन्सियाले पनि रातो कार्ड खाएपछि इक्वेडर ९ खेलाडीमा समेटियो । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा कतार ४–३ ले विजयी हुन सफल भयो ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.