9 years ago
March 10, 2016
नेपालगञ्ज, फागुन २७
बाँके जिल्ला फुटबल संघको समन्वयमा ५ दिनसम्म चलेको एन्फा रेफ्री कोर्स सम्पन्न भएको छ । कोर्समा संघमा आवद्ध बाँके, वर्दिया, सुर्खेत, जुम्ला, दाङ, कैलाली र कन्चनपुरका गरी ३२ प्रशिक्षार्थीहरुको सहभागिता रहेका मध्ये २५ जना उत्तीर्ण भए ।
रेफ्री ईष्ट्रक्टर सुरेन्द्र सिख्राकार र फिटनेश ईन्ष्ट्रक्टर किरण गिरीले प्रशिक्षण गराएका थिए । उत्तीर्ण सबैलाई एन्फाका पुर्व सदस्य प्रदेशसिंह राठोर र बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोज रज शाहीले एन्फा रेफ्री ब्याच हस्तान्तरण गरेका थए ।
अखिल नेपाल फुटबल संघ ९एन्फा०ले देशभरको फुटबल गतिविधिलाई मध्यनजर राख्दै नेपालगञ्जमा कोर्स सुरु गरेको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]