default_image

6 years ago

October 13, 2018

साउदीमाथि ब्राजिलको सहज जित

59 views

0 Bookmark

रियाद (एजेन्सी) – ग्याब्रिएल जेसस र एलेक्स सान्ड्रोले गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले साउदी अरेबियामाथि २–० को सहज जित निकालेको छ ।

Jesus neymar

साउदी अरेबियाको घरेलु मैदान किङ साउद युनिभर्सिटीमा शुक्रबार राति भएको खेलमा ब्राजिलले शुरुवातबाटै आक्रमण बुनेपनि गोल गर्न असमर्थ रह्यो । अग्रपङ्तिमा स्टार खेलाडीहरु नेयमार, फिलिपे कौटिन्हो र जेससलाई उतारेपनि ब्राजिलले साउदीको बलियो रक्षापङ्ति तोड्न हम्मे–हम्मे परेको थियो ।

तर, ४४औं मिनेटमा नेयमारको उत्कृष्ट पासमा जेससले क्लोज रेन्जबाट साउदीका गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भए । बल पोजिसनमा पकड जमाएपनि ब्राजिलले दोस्रो गोलको लागि इन्जुरी समय कुुर्नुपरेको थियो ।

इन्जुरी समयको थप गरिएको छैटौ मिनेटमा एलेक्स सान्ड्रोले गोल गर्दै ब्राजिलाई २–० को जित दिलाए । नेयमारको कर्नरमा प्राप्त बललाई सान्द्रोले सहजै गोल गरेका थिए । त्यसअघि ८५औं मिनेटमा साउदी १० खेलाडीमा समेटिएको थियो । साउदीका गोलरक्षक अब्दुल लाजिज अल बिसीले डि–बक्स बाहिर बल समाएपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को सहायतामा रातो कार्ड देखाएका थिए ।

ब्राजिलले मंगलबार अर्काे मैत्रीपूर्ण खेलमा परम्परागत प्रतिद्वन्द्वी अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्दैछ । यता एसियन कपको तयारीमा रहेको साउदीले इराकसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

खेलको हाइलाइट्स हेर्नुहोस :

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.