6 years ago
October 13, 2018
काइरो (एजेन्सी) – अफ्रिकन कप अफ नेसन्सको छनोट चरणको खेलमा लिभरपुलका स्टार मोहम्मद सलाहले इजिप्टका लागि सोझै कर्नरबाट गोल गरेका छन्। स्वाजिलयाण्डविरुद्ध ४-१ को जितमा इजिप्टको चौथो गोल सलाहले कर्नर मार्फत गरेका हुन्।
इजिप्टको राजधानी काइरोस्थित अल सलाम रंगशालामा भएको खेलमा इजिप्टले पहिलो हाफमै चार गोल गरेको थियो। खेलको ४५ औं मिनेटमा पाएको कर्नरलाई सलाहले सोझै गोलमा परिणत गरे। लिभरपुलका लागि ४ खेल यता गोल गर्ननसकेका सलाहले पहिलो हाफ सकिनुअघि उत्कृष्ट गोल गरेका थिए।
दोस्रो हाफ भने सलाहका लागि राम्रो रहेन। उनी ८८ औं मिनेटमा चोट बोक्दै मैदानबाट बाहिरीए। उनको चोटको पूर्ण विवरण आउन बाँकी छ।
हेर्नुहोस सलाहको गोल
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]