6 years ago
October 12, 2018
पेरिस (एजेन्सी) – गत साता युरोपेली च्याम्पियन्स लिग अन्तर्गत नेयमारले ह्याट्रिक गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सर्बियाली क्लब रेड स्टार बेल्ग्रेडविरुद्ध ६-१ को नतिजा निकालेको थियो । तर उक्त खेलमाथि यूईएफएले छानबिन गर्ने भएको छ ।
सर्बियाली क्लब रेड स्टार बेलग्रेडका एक पदाधिकारीले ‘५ गोलको हार’ हुने शीर्षकमा आफ्नै क्लबविरुद्ध करोडौं रुपैयाँ बाजी राखेको भेटिएपछि खेलमा म्याच फिक्सिङको छानबिन गरिने भएको हो । उक्त खेलको स्थितिबारे फ्रान्सेली प्रहरीले जाँच गरिरहेको इंग्लिस समाचार श्रोत द सन ले जनाएको छ । यदि यो आरोप प्रमाणित भएमा क्लबले ठूलो कारवाहीको सामना गर्नुपर्ने छ ।
श्रोतका अनुसार यस प्रक्रियामा अन्य व्यक्तिहरुको पनि संलग्नता रहेको पाइएको छ । खेल हुने केहि दिन अगाडी नै बाजी राखिएको हुनाले खेलमाथि थप शंका उत्पन्न भएको हो । उक्त खेलमा ब्राजिलियन स्टार नेयमारले ह्याट्रिक प्रहार गरेका थिए । खेल अवधिभर लिग वान च्याम्पियन पीएसजीले ३४ सट प्रहार गर्दा बेलग्रेडले ५ पटक मात्र पोस्टमा आक्रमण गरेको थियो ।
एकपक्षीय रहेको खेलमा पीएसजीले ७४ प्रतिशत बल पोसेसन आफ्नो पकडमा राखेको थियो । पीएसजीले १३ पटक कर्नर जित्दा बेलग्रेडले कुनै कर्नर पाएको थिएन । खेलको अन्य गोल एडिन्सन कभानी, एन्जल डी मारिया र किलियन एमबाप्पेले गरेका थिए ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]