6 years ago
October 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा ताजिकिस्तानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्यालेस्टाइनले बंगबन्धु कपको उपाधि जितेको छ । प्यालेस्टाइन टाइब्रेकरमा ४-३ ले विजयी रहयो ।
शुक्रबार ढाकास्थित बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनल खेलको नियमित समय गोलरहित बराबरीमा टुंगिएको थियो । अतिरिक्त समयमा पनि गोल नहुँदा खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो । प्यालेस्टाइनका गोलरक्षक रामी हमादीले दुई प्रहार बचाएपछि प्यालेस्टाइनको जित सम्भव भएको थियो । उनले कोमोरोन तुर्सुनोभ र तब्रेजी दवलतमिरको प्रहार बचाएका थिए ।
प्यालेस्टाइन र ताजिकिस्तान दुवै नेपालको समूहमा रहेका थिए । दुवै टोलीले नेपाललाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका थिए । प्यालेस्टाइनले समूह चरणको खेलमा ताजिकिस्तानलाई २-० ले पराजित गरेको थियो । नेपाल भने प्यालेस्टाइनसँग १-० र ताजिकिस्तानसँग २-० ले पराजित हुँदै समूह चरणबाट बाहिरिएको थियो ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]