default_image

6 years ago

October 12, 2018

दक्षिण कोरियाले उरुग्वेलाई पहिलो पटक हरायो

66 views

0 Bookmark

सोल (एजेन्सी) – दक्षिण कोरियाले इतिहासमै पहिलो पटक उरुग्वेलाई पराजित गर्ने क्रममा शुक्रबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा २-१ को जित दर्ता गरेको छ

कोरियाका स्टार फरवार्ड सन ह्युङ मिनले पेनाल्टी मिस गर्नका बाबजुद कोरियाले दक्षिण अमेरिकी टोलीलाई २-१ ले पराजित गर्यो निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो तर ६५ औं मिनेटमा सबास्टियन कोआटेसले ह्वाङ उइ-जोलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि कोरियाले पेनाल्टी प्राप्त गर्यो

तर सनले प्रहार गरेको पेनाल्टी उरुग्वेका गोलरक्षक फर्नान्डो मस्लेराले बचाए उक्त बचाउको रिबाउन्डलाई ह्वाङले गोलमा परिणत गर्दै कोरियालाई सुरुवाती अग्रता दिलाएका थिए उरुग्वेका लागि माटियास भेचिनोले ७१ औं मिनेटमा बराबरी गोल गरे

कोरियाका लागि जुङ वु-योङले ११ मिनेट समय बाँकी छँदा गोल गरे । उनले ६४ हजार घरेलु समर्थक उपस्थित खेलमा गोल गर्दै आठौँ प्रयासमा उरुग्वेविरुद्ध जित दिलाएका हुन् । यसअघि दक्षिण कोरिया उरुग्वेविरुद्ध ६ खेलमा पराजित भएको थियो भएन एक खेल बराबरीमा सकिएको थियो ।

कोरियाले सन् २०१९ मा हुने एसियन कपको तयारीमा ध्यान दिइरहेको छ टोलीले मंगलबार मैत्रीपूर्ण खेलमा पानामाको सामना गर्नेछ यता सन् २०१९ मा कोपा अमेरिकाकै लक्ष्य लिएर तयारी थालेको उरुग्वेले भने अर्को एसियाली टोली जापानको सामना गर्नेछ

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.