6 years ago
October 12, 2018
चर्जाे (एजेन्सी) – स्टार फरवार्ड रोनाल्डोविना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । पोर्चुगलले पोल्यान्डमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको हो ।
पोल्यान्डको चर्जाेस्थित सिलेसियन स्टेडियममा बिहिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा पोर्चुगल खेलको १८औं मिनेटमा पछि परेको थियो । पोल्यान्डका क्रिस्टप पियाटेकले कुर्जावाको पासमा गोल गर्दै पोर्चुगल १–० ले पछि परेको थियो । तर, पोर्चुगल खेलमा फर्कदै ३१औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो ।
पोर्चुगलका आन्द्रे सिल्भाले पिज्जीको पासमा बराबरी गोल फर्काउन सफल भएका थिए । कामिल जिलिकले ४३औं मिनेटमा आत्मघाती गोल गरेपछि पोर्चुगल पहिलो हाफमा २–० ले अघि बढेको थियो ।
५२औं मिनेटमा बर्नान्डो सिल्भाले गोल गरेपछि पोर्चुगलले खेलमा ३–१ को सहज अग्रता बनाएको थियो । विलियम कार्भालोको पासमा सिल्भाले सहजै गोल गरेका थिए । त्यसपछि भने पोर्चुगलले दवावमा खेल्नुपरेको थियो ।
दवावसँगै पोर्चुगलले ७७औं मिनेटमा गोल खान पुगेको थियो । जाकुव ब्लाजसेज्नीवस्कीले रोवर्ट लिवान्डोस्कीको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।
त्यसपछि पोर्चुगलले अन्तिम समयसम्म आफ्नो अग्रता जोगाउदै ३–२ को जित निकाल्न सफल भयो । जितपछि पोर्चुगल समुह ‘ए’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको छ ।
युइएफए नेसन्ल लिगका अन्य खेलको नतिजाहरु :
रसिया विरुद्ध स्वीडेन (०–०)
इजरायल विरुद्ध स्कटल्यान्ड (२–१)
लिथुवानिया विरुद्ध रोमानिया (१–२)
मोन्टेनेग्रो विरुद्ध सर्विया (०–२)
फारोइ आइल्यान्ड विरुद्ध अजरबैजान (०–३)
कोसोभो विरुद्ध माल्टा (३–१)
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]