default_image

6 years ago

October 12, 2018

एमबाप्पेद्धारा फ्रान्सको उद्धार

55 views

0 Bookmark

गुइनग्याम्प (एजेन्सी) – युवा स्टार केलियन एमबाप्पेले बिहिबार राति विश्व विजेता फ्रान्सलाई हारबाट जोगाएका छन् । आइसल्यान्डसँग हारतर्फ उन्मुख भएको खेलको ९०औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई हारबाट जोगाएका हुन् । खेल २–२ गोलको बराबरीमा सकिएको हो ।

मैत्रीपूर्ण खेल अन्तरगत फ्रान्सको गुइनग्याम्पमा बिहिबार राति भएको खेलमा आइसल्यान्ड जित नजिक पुगेर पनि अन्तिमा समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिएको हो ।

आइसल्यान्डका विरकिर विजरनासन र कारी आर्नासनले गोल गरे । फ्रान्सका केलियन एमबाप्पेले गोल गर्दा एक गोल उपहार पाएको थियो । आइसल्यान्डका होलमारले आत्मघाती गोल गरेका थिए । ३०औं मिनेटमा विरकिरको गोलबाट आइसल्यान्डले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।

५८औं मिनेटमा कारीले गोल गरेपछि आइसल्यान्डले विश्वविजेताविरुद्ध २–० को अग्रता बनाएको थियो । २–० ले पछि परेपछि फ्रान्सले खेलमा दवाव सिर्जना गरेको थियो । ८६औं मिनेटमा होलमारले आफ्नै पोस्टमा गोल गरेपछि फ्रान्स खेलमा फर्किएको थियो ।

९०औं मिनेटमा स्टार एमबाप्पेले गोल गरेपछि फ्रान्सलाई सम्भावित हारबाट जोगाए ।

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे । विलियमले […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

March 8, 2025

पथरी ११ पाँचथर गोल्ड कपको सेमिफाइनलमा

दिपक बोहोरा,पाँचथर पथरी ११ ले पाँचौं पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा आज आयोजक पाँचथर क्लब लाई हराउँदै २-० ले हराउँदै पथरी सेमिफाइनल प्रवेश गरेको हो । फिदिम माविको खेल मैदानमा पथरीलाई जित दिलाउन सनम घिमाल र अकींत लिम्बुले गोल गरे । खेलको पाँचौं मिनेटमा सनमको गोलमा पथरीले अग्रता […]

Success

Thank you for your time.