6 years ago
October 12, 2018
कार्डिफ (एजेन्सी) – अन्तर्ाष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले वेल्सलाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ । स्पेनका लागि लयमा रहेका फरवार्ड पाको अल्कासेरले दुई गोल गरे ।
वेल्सको घरेलु मैदान प्रिसिपालिटी स्टेडियममा खेलिएको खेलमा घरेलु टोलीको रक्षापंक्ति निकै कमजोर देखियो । अल्कासेरले खेलको आठौं मिनेटमै पाहुना टोलीलाई अग्रता दिलाए । त्यस्तै डिफेन्डर सर्जियो रामोसले १९ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । २९ औं मिनेटमा अल्कासेरले फेरी गोल गर्दै वेल्सलाई निकै कठिन स्थितिमा पारे ।
पहिकि हाफमा ३ गोल गरेको स्पेनले दोस्रो हाफको ७४ औं मिनेटमा चौथो गोल गर्न सफल भएको हो । मार्क बार्टाले गोल गर्दै स्पेनको जित निश्चित पारेका थिए । खेलको अन्तिमतिर भने वेल्सका स्याम भोक्सले वेल्सका लागि सान्तवना गोल गर्दै स्कोर ४-१ पारे ।
विश्वकपमा खराब प्रदर्शन पश्चात निकै आलोचना पाएको स्पेनिस टोलीले केहि नयां अनुहारहरुलाई मौका दिएको थियो । अर्कोतर्फ मुख्य खेलाडी ग्यारेथ बेल घाइते रहेको अवस्थामा वेल्स फितलो देखियो ।
स्पेनले मंगलबार इंग्ल्यान्डको सामना गर्ने छ । अर्को तर्फ, वेल्सले आयरल्यान्डको सामना गर्ने छ ।
February 2, 2025
पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]
February 2, 2025
एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]
February 2, 2025
एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]