default_image

6 years ago

October 11, 2018

यस सिजन रियलको असफलता तीन कारण

71 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडमा यसै सिजन भित्रिएका प्रशिक्षक जुलेन लोपेटेगुई हाल निकै दबाबमा छन् । ३३ वर्षयता रियलले कुनै गोल नगरी लगातार चार खेल खेलेको यो तेस्रो पटक मात्र हो ।

जुलेनले यसबिचमा धेरै रणनीति अपनाएपनि कुनै सफलता हात पार्न सकेका छैनन् । अहिले रियल म्याड्रिडको समय उनको पक्षमा छैन । अनुकुल नतिजा हात पार्न नसके उनी हटसिटबाट बाहिर निस्कने छन् । रियल म्याड्रिड यस सिजन असफल हुनुका तीन कारण ।

१. कुशल गोलकर्ताको कमी

पछिल्लो सिजनमा करीम बेन्जेमाले लिगमा मात्र पाँच गोल गरेका थिए । तर, यस पटक जब उनको आवश्यकता भयो उनी आफ्नो लक्ष्य खोज्नमा असफल भएका छन् । मारियानो रियलको बोझ कम गर्न रियल पुगे । तर, उनी टोलीका लागि एक विकल्पको रुपमा प्रभाव पार्न असफल भए । रियल सधै आफ्नो पूर्वस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोललाई धन्याबाद दिने तरिका जान्दथ्यो । क्लबसँग रहँदा उनले गरको गोलसंख्या आफै बोल्छ । तर, रियलका लागि उत्कृष्ट हुँदाहुँदै उनी यस सिजन युभेन्ट्स पुगे । यस सिजन गोल गर्ने भार करिम बेन्जेमा र मारियानोसँगइ ग्यारेथ बेलमाथि छ ।

२. घाइते खेलाडी

रियल म्याड्रिडका मुख्य खेलाडी इस्को र मार्सेलोलाई चोट लाग्नु नै रियलको प्रमुख घाटा हो । जसले गर्दा रियलले यस सिजनको  लय कायम गर्ने सकेको छैन् । यी दुई खेलाडीले मैदानमा आफ्नो ड्रिब्लिङ र रचनात्मक खेल प्रदर्शनले विपक्षी टोलीको रक्षात्मक रणनीति महत्वपुर्ण भुमिका खेल्दथे । चोटको सुचिमा ग्यारेथ बेल र डानी कर्भाजल पनि छन् ।

करिम बेन्जेमा पछिल्लो साता अलाभेसविरुद्धको खेलमा चोटग्रस्त भएका थिए । उक्त चोटको स्वरुप अनुसार उनी कम्तिमा दुई हप्ता मैदान बाहिर बस्न सक्ने छन् । रियल मड्रिडले आफ्नो कमजोरी सुधार्दै उचित खेलाडी अनुबन्धन गर्न कन्जुस्याइँ गरिरहेको छ  ।

३.मिडफिल्डमा खस्केको प्रदर्शन

नयाँ रियल मड्रिड प्रशिक्षकसँग जति समस्या छन् त्यसका लागि पर्याप्त समय छैन । एल क्लसिकोको नजिकिंदै गर्दा उनको भविष्यको फैसला पनि छिट्टै नै हुनेछ । उनले अब जिनेदिन जिदानपछि उनलाई किन छनोट गरियो भन्ने प्रमाणित गर्नुपर्ने समय आएको छ ।

लुका मोड्रिच, टोनी क्रुस र क्यासेमिरोको जोडीले यस सिजन लय गुमाएका छन् । पछिल्लो सिजन रियलको सफलताका लागि यी तीनको प्रदर्शन महत्त्वपूर्ण रहेको थियो । लगातार गल्ति दोहोर्याउने र रणनीतिमा नखेल्ने समस्या सुल्झाएर अगाडी बढे जुलेनको जागिर बच्ने सम्भावना बलियो छ ।

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.