6 years ago
October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबले जावलाखेल युवा क्लबलाई १-० ले पराजित गरेको छ।
पुलिसका लागि पहिलो हाफको ३२ अौं मिनेटमा अजित भण्डारीले गोल गरेका थिए । पुलिसले पेनाल्टी क्षेत्रबाहिर पाएको फ्रिकिकमा उत्कृष्ट टिमवर्कको नमुना प्रस्तुत गर्दै गोल गरेको हो । सुमन लामाले छोटो फ्रिकिक लिँदै तेज तामाङलाई पेनाल्टी क्षेत्रको दायाँतर्फ पास दिए । तेजले सोहि पासलाई फार पोस्टमा क्रस गरे जहाँ अजितले सहजै गोल गरे ।
त्यसअघि जावलाखेलका गोलरक्षक टिकेन्द्र थापाले पुलिसको दुई सुन्दर प्रयासलाई विफल बनाएका थिए । सुमन लामाले ६ यार्ड भित्रबाट गरेको प्रहार उनले रोकेका थिए । त्यसअघि हेम तामाङको लामो दुरीको प्रहार पनि उनले उत्कृष्ट डाइभ दिँदै रोके । जावलाखेल काउन्टर अट्याकमा गरेको अाक्रमणमा भर पर्दा पुलिसले बल पोसेसन राखेर लगातार दवाव सिर्जना गरेको थियो ।
दोस्रो हाफमा जावलाखेलले केहि सुधारिएको प्रदर्शन गर्यो । त्यस क्रममा जावलाखेलले बराबरी गर्ने मौकाको सदुपयोग गर्न सकेन । खेल एक घण्टा समयमा चलिरहँदा राकेश हमालले कर्नरमा प्राप्त हेडर पोस्टको दिशा दिन सकेनन् । ७५ अौं मिनेटमा पुलिसका अजितबाट वैकल्पिक खेलाडी सुमन डंगोलले बल खोसेपछि प्रज्वल थापामगरले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनमा गोल गर्न सकेनन् ।
त्यसअघि पुलिसले पनि अग्रता बढाउने मौका गुमायो । सुमन लामाले पेनाल्टी बक्सको छेउबाट गरेको प्रहार सिधै गोलरक्षकको हातमा पुग्यो । ८० अौं मिनेटमा अभिषेक रिजालको लो क्रसमा सुमनले पेनाल्टी क्षेत्रभित्र बल छुन सकेनन् । त्यसै बललाई रवि पासवानले भरत शाहलाई पास दिएपनि भरतको प्रहार अाकाशीयो ।
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]