6 years ago
October 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ ले पराजित गरेको छ । थ्री स्टारको जितमा रन्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे ।
पहिलो हाफको सुरुवाती समयदेखि फ्रेन्डस दवावमा परेको थियो । खेलको चौथो मिनेटमा थ्री स्टारका पिटर सेगुनले गोल गर्ने अवसर गुमाएका थिए । लगत्तै पाँचौ मिनेटमा सुनील बलको फ्रिकिकमा रञ्जित धिमालको प्रहारले पोस्टको दिशा लिन सकेन । तर १७ औं मिनेटमा रन्जनले उत्कृष्ट गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाए । रन्जनले फ्रेन्ड्सको हाफको मध्येभागबाट डिफेन्सलाई बिट गर्दै लागेको बल पेनाल्टी क्षेत्रभित्रबाट गोल गरेका थिए ।
त्यसको आठ मिनेटपछि फ्रेन्ड्सका कप्तान धिरज श्रेष्ठले पाएको अवसर गोलमा परिणत गर्न सकेनन् । ३७ औं मिनेटमा अजायी मार्टिन्सले पनि टाइट एंगलमा पाएको अवसर गोलको दिशामा पठाउन सकेनन् । ४२ औं मिनेटमा रन्जन विष्टलाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि पाएको फ्रिकिकमा रञ्जितको प्रहार बाहिरियो । पहिलो हाफमा थ्री स्टार १-० ले अगाडी रह्यो ।
दोस्रो हाफमा पनि थ्री स्टारले अाक्रमक रणनीतिलाई निरन्तरता दियो । बुद्ध चेम्जोङले ५७ अौं मिनेटमा निराजन खड्काको पासमा गोल गर्न सकेनन् । निराजनले मिडफिल्डबाट दिएको लब पासमा गोलरक्षक पनि अगाडी बढ्दा बुद्धको एक्रोब्याटिक प्रहार बाहिरिएको थियो । त्यसको तीन मिनेटमा अजायी मार्टिन्सले पनि गोल गर्ने अवसर खेर फाले ।
लगत्तै सरोज योन्जन लामाको फ्रिकिकमा गोलरक्षक एलन न्यौपानेले बल फुस्काएपछि गोललाइनमा विष्णु सुनारले क्लियर गरे । ६९ अौें मिनेटमा बुद्ध फेरी गोल गर्नबाट चुके । पेनाल्टी क्षेत्रभित्रबाट सुनील बलको क्रसमा बुद्धको लो हेडर पोस्टभन्दा थोरै बाहिरियो ।
बुद्धले ८३ अौं मिनेटमा अन्ततः गोल गरे । फ्रेन्डसको मिसपासलाई कन्ट्रोल गर्दै पेनाल्टी क्षेत्र बाहिरबाट गरेको उनको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै गोलमा परिणत भएको थियो । इन्ज्युरी समयको पहिलो मिनेटमा फ्रेन्डसका वैकल्पिक खेलाडी विकास लामाले गोल फर्काए । मैदान छिरेको ७ मिनेटमै उनले ६ यार्डमा बक्सभित्र अनमार्क रहेको अवस्थामा रिबाउन्ड बललाई पोस्टको दिशा दिएका थिए ।
गोल गरेपछि रन्जन विष्ट :
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]