6 years ago
October 11, 2018
एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार राती इटालीलाई अर्को युरोपेली टोली युक्रेनले बराबरीमा रोकेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले अग्रता लिएपनि युक्रेनले खेल १-१ को बराबरी गर्न सफल रहेको थियो ।
इटालीले दोस्रो हाफको सुरुवातमै अग्रता लिएको थियो । युभेन्ट्सका फेडेरिको बर्नार्डेस्कीको शक्तिशाली प्रहार गोलरक्षक आन्द्रेइ प्याटोभले सम्हाल्न नसक्द इटालीले अग्रता लिएको थियो । त्यसको केहि मिनेटमै युक्रेनले बराबरी गोल फर्कायो । रुस्लन मालिनोभ्स्कीले कर्नरमा आएको बललाई पोस्टको दिशा दिंदै खेल बराबरीमा ल्याएका थिए । इटालीले थप मौका पाएपनि त्यसको सदुपयोग भने गर्न सकेन ।
इटालीले काग्लियारीका मिडफिल्डर निकोलो बरेल्लालाई डेब्यु दिएको थियो । तर आक्रमणमा फेडेरिकोसँगै नेपोलीका लोरेन्जो इन्सिगने र फिओरेन्टिनाका फेडेरिको चिएसाले अपेक्षित प्रदर्शन गर्न सकेनन् । खेलको सुरुवातदेखि दबाब कायम गरेपनि युक्रेनी गोलरक्षक प्याटोभले राम्रो बचाउ गरेका थिए ।
खेलअघि अगस्टमा जेनोआमा पुल खसेर दिवंगत भएका ४३ मानिसको स्मृतिमा विशेष कार्यक्रम आयोजना गरिएको थियो । खेलको ४३ औं मिनेटमा रंगशालाका सबैले एक मिनेट मौन धारण गरेर शान्तिको कामना गरेका थिए । साम्प्डोरियाको घरेलु मैदानमा भएको खेलमा आफ्नो खेलाडी करिअर यहीं बिताएका रोबर्टो मान्चिनीले पनि स्मृति सभामा सहभागिता जनाए ।
पछिल्लो पाँच घरेलु खेलमा इटालीले जित हासिल गर्न सकेको छैन । अब इटालीले यूईएफए नेसन्स अन्तर्गत खेलमा आइतबार पोल्यान्डको सामना गर्नेछ । युक्रेनले पनि चेक गणतन्त्रसँग मंगलबार खेल्ने कार्यक्रम रहेको छ ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]