6 years ago
October 11, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली राष्ट्रिय टोली तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का सेन्टरब्याक प्रेसनेल किमपेम्बे तीन खेलका लागि प्रतिबन्धित भएका छन् ।
लिग वान अन्तर्गत लियोनविरुद्ध ५–० को फराकिलो जित निकालेको खेलमा किमपेम्बे रातो कार्ड खादै मैदान बाहिरिएको थिए । उनलाई लिग फुटबल प्रोफेसनल (एलएफपी) ले तीन खेलको प्रतिबन्ध सुनाएको हो । प्रतिबन्धमा परेसँगै किमपेम्बेले अमेन्स, मार्से र लिलेविरुद्धको खेल गुमाउनेछन् ।
लियोनविरुद्धको खेलमा एनडोम्वेलेलाई गम्भीर ट्याकल गरेपछि रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) को सहायतामा रातो कार्ड देखाएका थिए । यस्तै एलएफपीले मोनाको डिफेन्डर आन्द्रिया राग्गीलाई पाँच खेलको प्रतिबन्ध सुनाएको छ । उनले रेनिजका क्लेमेन्ट ग्रिनिरलाई खेल दौरान नै हातपात गरेको थिए ।
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]