default_image

6 years ago

October 11, 2018

ए डिभिजन लिग : फ्रेन्ड्स र थ्री स्टार भिड्दै

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बिहीबार थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच लिगको चौथो खेल हुँदैछ । खेल बिहान ११ बजे सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

प्रतियोगिता सुरु हुने पूर्वसन्ध्यामा थ्री स्टारका प्रशिक्षक मेघराज केसीले लिगको तयारी पूरा भएपनि सुरुवाती खेल सधैं कठिन हुने बताएका थिए । उनले अहिले नै उपाधिबारे सोच्ने समय नभएको बताएका थिए । ‘दाबेदारको रुपमा हेर्दा प्रेसर हुन्छ । लिग जित्ने कोचको रुपमा उदाउन चाहन्छु । लामो समयपछि लिग भएको कारण विपक्षीको बारेमा जानकार छैनौं । पहिलो र दोस्रो राउन्डपछि हामी टार्गेट बनाउनेछौं,’ केसीले थपे । थ्रीस्टारले १० महिनादेखि लिगको लागि तयारी गरेको उनले बताए ।

थ्रीस्टारले लिगको लागि बलियो टोली तयार पारेको छ । राष्ट्रिय टोलीका ४ खेलाडी हाल क्लबमा आबद्ध छन् । एलन न्यौपाने, निराजन खड्का, सुनील बल र अनन्त तामाङले टोलीलाई मजबुती दिएका छन् । रजिन धिमाल, अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध चेम्जोङ, विजय धिमाल लगायतका घरेलु खेलाडी पनि टोलीमा छन् । विदेशी खेलाडीमा डिफेन्डर पिटर सेगुन र फरवार्ड अजायी मार्टिन्ग्स छन् ।

यता फ्रेन्ड्सका प्रशिक्षक रमेश महर्जनले युवा टोलीलाई डेढ महिना देखि बाग्मती नदी किनारमा प्रशिक्षण गराईरहेका छन् । ‘टोलीले अहिलेसम्म चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । त्यसमा एक दक्षिण एसियाली राष्ट्रको खेलाडीको रुपमा बंगलादेशका खेलाडीलाई अुनबन्ध गरेका छौं । टिममा यू–१८ का खेलाडीहरुको बाहुल्यता रहेको छ । हाम्रो लक्ष्य शीर्ष ६ अथवा शीर्ष आठ भित्र रहने हो,’ उनले भनेका थिए ।

फ्रेन्ड्समा युवा खेलाडी र विदेशीको भरमा मैदान उत्रनेछ । अनुभवी थ्री स्टार खेलमा बलियो भएपनि लिगको हालसम्मको खेलमा कुनै टोलीले सहज जित दर्ता गर्न सकेको छैन । ललितपुरका दुई टोलीको खेल पनि सोहि किसिमको रहने अपेक्षा गर्न सकिन्छ ।

March 9, 2025

सिटी नटिङ्घमसँग पराजित

एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]

March 9, 2025

लिभरपुलको अर्को जित

एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]

March 8, 2025

चर्च ब्वाइज विराट गोल्ड कपको सेमिफाइलनमा

विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]

Success

Thank you for your time.