6 years ago
October 11, 2018
एजेन्सी – क्रिस्टियानो रोनाल्डोलाई एक अमेरिकी नागरिकले सन् २००९ मा बलात्कार गरेको आरोप आएसँगै फुटबल जगत स्तब्ध भयो । तर रोनाल्डोको वकिलले आरोपमा संलग्न सम्पूर्ण कागजात झुटो भएको दावी गरेका छन् ।
३३ वर्षीय रोनाल्डोले भेगासको होटेलमा क्याथरिन मायोर्गालाई दुर्व्यवहार नगरेको बताउँदै आएका छन् । यता मायोर्गाले भने रोनाल्डोले उनीमाथि आक्रमण गरेको आरोप लगाएकी छिन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियान्सनका अनुसार रोनाल्डोले ‘स्पष्ट रुपमा सबै आरोप नकारेका छन्’ ।
जर्मनीको डेर स्पिगल पत्रिकाले घटनाको पहिलो पटक खुलासा गर्दा रोनाल्डोले उक्त समाचार गलत भएको र उक्त साप्ताहिक पत्रिकाविरुद्ध कानुनी कारवाही थाल्ने बताएका थिए । वकिलका अनुसार उक्त संचारमाध्यमले जिम्मेवारीपूर्ण ढंगले काम नगरी सहजै बदल्न सकिने कागजातहरुलाई आधार मानेर गलत समाचार प्रकाशित गरेको हो । स्पिगलका अनुसार ३४ वर्षीय मायोर्गाले उक्त घटनापश्चात लास भेगास पुलिसमा रिपोर्ट पनि लेखाकी थिइन् ।
सन् २०१० मा उनले रोनाल्डोसँग उक्त घटनालाई बाहिर नल्याउने सहमतिमा झन्डै ४ लाख अमेरिकी डलर लिएकी थिइन् । वकिलका अनुसार ‘सन् २००९ मा भएको घटना आपसी सहमतिमा भएको थियो’ र रोनाल्डो त्यसमै अडिग छन् । वकिलका अनुसार रोनाल्डोले सहमति भएको स्वीकारेपनि जुन कारणले सहमति भएको थियो त्यो भने यो प्रकृतिको नरहेको बताए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]