6 years ago
October 10, 2018
एजेन्सी – रुसको विद्यार्थी लिगअन्तर्गत गतसाता भएको खेलमा रुबिन काजानका एक खेलाडीले अविश्वसनीय पेनाल्टी गोल गरेका छन् ।
रुबिन काजानका फरवार्ड नोरिक अब्दालनले उल्टी जम्प हान्दै पेनाल्टी गोल गर्न सफल भएका हुन् । कतिपय विश्वस्तरीय खेलाडीले सामान्य ढंगले समेत पेनाल्टी चुकाउने गरेकोमा नोरिकको यस प्रयासले विश्वभर चर्चा बटुलीरहेको छ । उनको पेनाल्टीसँगै टोलीलेरुबिनले चेबोक्सारीलाई ४-० ले पराजित गर्यो ।
यो उनको पहिलोपटक उल्टीजम्पमा गरेको पेनाल्टी भने हैन । उनले पछिल्लोपटक सन् २०१७ नोभेम्बरमा पनि सोहि प्रकृतिको गोल गरेका थिए । २२ वर्षीय नोरिक रुबिनको दोस्रो श्रेणीको टोलीबाट पनि खेल्दै आएका छन् । उनले सिनियर टोलीमा स्थान पाउलान वा नपाउलान तर उनको यो कलाले सर्वत्र चर्चा भने बटुलेको छ ।
भिडियो हेर्नुहोस् :
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका लागि नवयुग श्रेष्ठ र […]