default_image

6 years ago

October 10, 2018

एमबाप्पेबाट के सिक्न सकिन्छ ?

61 views

0 Bookmark

‘एमबाप्पेको गति विश्वमा कुनै खेलाडी छैन’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मन (पीएसजी) का मिडफिल्डर जुलियन ड्राक्सलरले केलियन एमबाप्पेको प्रशंसा गरेका छन् । ड्राक्सलरले आफ्ना सहकर्मी एमबाप्पेलाई एक अविश्वसनीय प्रतिभाको रुपमा लिएका छन् ।

१९ बर्षीय एमबाप्पेले यस सिजनमा सात खेल खेल्दै १० गोल गरिसकेका छन् । उनले आइतबार भएको लिग १ खेलमा लियोनविरुद्ध चार गोल गरेका थिए । यस सिजनका तीन खेल मात्र खेलेका ड्राक्सलरले एमबाप्पेको अविश्वसनीय गतिलाई एक ऐतिहासिक प्रतिभा भएको बताएका हुन् । ‘मेरो बिचारमा तपाईलाई यस युवा स्टारका बारेमा अरु केही भन्नु छैन् । उनी एक ऐतिहासिक प्रतिभा हुन् ।’

ड्राक्सलरले भने , ‘उनले यति गति पाएका छन् की मलाई लाग्छ यस्तो गतिका साथ विश्वमा कुनै खेलाडी छैनन् । उनी गोलका अगाडी धेरै खतरनाख छन् र मलाई लाग्छ उनी देखेर सबै खुसी छन् की उनी हाम्रो टिमका एक हिस्सा हुन् ।’

एमबाप्पेबाट के सिक्न सकिन्छ भन्ने प्रश्नमा ड्राक्सलरले भने, ‘मेरो इच्छा छ की म त्यती गतिसिल बनु जति उनी छन् । तर, म छैन् ।’ पीएसजीले लिग १ सिजनमा ऐतिहासिक शुरु गरेको छ । जहाँ लिगको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ भने ९ खेलमा अपराजित रहेको छ ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.