default_image

6 years ago

October 10, 2018

रोनाल्डोले तोड्न नसक्ने मेसीका ५ कीर्तिमान

76 views

0 Bookmark

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा लिओनेल मेसी र क्रिस्टियानो रोनाल्डोले वर्चस्व नै जमाए । व्यक्तिगत उपाधिमा अधिपत्य जमाएका यी दुई खेलाडीले आ-आफ्ना टोलीमा पनि उपाधिको ओइरो नै ल्याए ।

messi vs ronaldo

गोल गर्न माहिर यी दुई खेलाडीले अन्य खेलाडीले तोड्न नसक्ने थुप्रै कीर्तिमान कायम गरेका छन् । तर अझै केहि यस्ता कीर्तिमान छन् जुन एक अर्काले तोड्न बाँकी छ । मेसीले राखेका केहि यस्ता कीर्तिमान छन् जुन रोनाल्डोले तोड्न निकै गाह्रो पर्नेछ :

१. लिगको एक सिजनमा ५० गोल

मेसीले सन् २०११/१२ सिजनको ला लिगामा ३७ खेल खेल्दै ५० गोल गरेका थिए । प्रतिखेल १.३५ को औसतमा उनले अद्भुत प्रदर्शन गरे । रोनाल्डोले पछिल्लोपटक सन् २०१४/१५ को सिजनमा ३५ खेल खेल्दै ४८ गोल गरेका थिए । त्यसयता उनले लगातार सिजनमा आफ्नो गोलसंख्या बढाउन असफल रहँदै आएका छन् ।

२. लगातार ४ ब्यालोन डी’ओर

मेसीले सन् २००९ देखि २०१२ सम्म लगातार ४ ब्यालोन डी’ओर उपाधि जितेर कीर्तिमान कायम गरे । त्यसअघि सन् १९८३ देखि ८५ सम्म मिचेल प्लाटिनीले लगातार तीन उपाधि जितेका थिए । मेसी र रोनाल्डो दुवैले ५-५ पटक ब्यालोन डी’ओर जितेका छन् । रोनाल्डोले २०१३ र २०१४ तथा २०१६ र २०१७ गरेर लगातार दुई पटक भने दुई उपाधि जितेका छन् । यसपटक पनि मनोनयनमा परेका रोनाल्डोले उपाधि जित्ने सम्भावना कम छ ।

ronaldo messi

३. लगातार सिजनमा ६० + गोल

रोनाल्डो र मेसी दुवै खेलाडीले एकै सिजनमा ६० गोल गर्ने कीर्तिमान राखेका छन् । तर मेसीले लगातार दुई सिजनमा ६० गोल कटाउँदै बेग्लै कीर्तिमान राखेका छन् । उनले लगातार सिजनमा ६० गोल र ६१ गोल गरेका थिए ।

४. एल क्लासिकोमा सर्वाधिक असिस्ट

विश्व क्लब फुटबलमा सबैभन्दा प्रख्यात खेल हो एल क्लासिको । स्पेनी महारथी रियल म्याड्रिड र बार्सिलोनाबीच हुने यस खेलले विश्व फुटबललाई जगाउने गर्दछ । यस खेलमा लिओनेल मेसीले १४ पटक असिस्ट गरेका छन् । रोनाल्डोले भने ४ पटक मात्र गोलमा सहयोगी भूमिका खेलेका छन् । रियल म्याड्रिड छाडिसकेका हुनाले अब रोनाल्डोले यस रेकर्ड तोड्न असम्भव छ ।

५. एल क्लासिकोमा सर्वाधिक गोल

असिस्टझैं मेसीले एल क्लासिकोमा गोलको संख्यामा पनि वर्चस्व जमाएका छन् । उनले हालसम्म २५ गोल गरेका छन् । यता रोनाल्डो भने रियलबाट खेल्दा १७ पटक मात्र गोल गर्न सफल भए । अब इटालियन लिगमा गएका कारण रोनाल्डो एल क्लासिकोमा सहभागी हुने छैनन् ।

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

Success

Thank you for your time.