default_image

6 years ago

October 10, 2018

बेलले स्पेनविरुद्ध नखेल्ने

59 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका विंगर ग्यारेथ बेलले स्पेनको राष्ट्रिय टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलमा नखेल्ने भएका छन् । क्लबबाट खेल्दा बोकेको चोटका कारण उनी वेल्सको मैत्रीपूर्ण खेलमा उपलब्ध नहुने भएका हुन् ।

गत शनिबार रियल अलाभेससँग १-० ले पराजित हुँदा बेल खेलको ८० औं मिनेटमा घाइते भएका बेल त्यसलगत्तै परिवर्तन भएका थिए ।  ‘ बेलको खुट्टामा सामान्य चोट देखिन्छ ।  त्यसैले मैत्रीपूर्ण खेलमा हामी जोखिम लिन चाहन्नौं,’ वेल्सका प्रशिक्षक गिग्सले भने, ‘ हामी उनको चोटलाई नियमित हेरिरहेका छौं र अर्को खेल खेल्ने सम्भावना छ । ‘

बेलले सोमबार र मंगलबार भएको प्रशिक्षणमा भाग लिएका थिएनन् । उनले स्पेनविरुद्ध बिहिबार हुने मैत्रीपूर्ण खेल गुमाएपनि त्यसपछिको यूईएफए नेसन्स कपको महत्त्वपूर्ण खेलमा भने खेल्ने सम्भावना छ । वेल्स र आयरल्यान्ड मंगलबार खेल्दैछन् । स्पेनविरुद्ध खेलमा रियल म्याड्रिडका अधिकांश खेलाडी खेल्ने हुनाले बेलको उपस्थितिलाई विशेष रुपमा हेरिएको थियो ।

प्रशिक्षक गिग्सले आयरल्यान्डविरुद्ध बेल खेल्ने-नखेल्ने यकिन भन्न नसकिने बताए । ‘ अहिले उनी ५०-५० को स्थितिमा छन् ।  हामीले गत साता परिक्षण गर्दा उनको स्थिति सुधारिएको थियो ।  अब उनलाई खेलाएर समस्या थप बढ्न पनि सक्छ ।  त्यसैले अहिले नै खेल्ने वा नखेल्ने भन्न सकिन्न ,’ गिग्सले भने ।

 

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

March 10, 2025

प्लानिङ ब्वाइजको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद)- प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक बी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। प्लानिङ ब्वाइजले सोमवार झापा फुटबल क्लबलाई २-१ले हराउँदै ३ अंकका साथ लिगको सुरुवात गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको १६ औं मिनेटमा प्लानिङ ब्वाइजले अग्रता बनायो। फागु राम थारूले गोल गरे। यो गोल जारी बी डिभिजन लिगको पहिलो गोल […]

March 10, 2025

थ्री स्टार विराटनगर गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद )- थ्री स्टार क्बल विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा आइतवार पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन टोली त्रिभुवन आर्मी एफसीलाई ३-२ ले हराउँदै थ्रीस्टार फाइनलमा पुगेको हो । थ्री स्टारका प्रशान्त लिम्बु, दिपेश घले र नविन लामाले गोल गरे । आर्मीका‌ लागि नवयुग श्रेष्ठ र […]

Success

Thank you for your time.