6 years ago
October 10, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार च्यासल युवा क्लब र मछिन्द्र फुटबल क्लबको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ ।
निकै प्रतिस्पर्धात्मक पहिलो हाफमा च्यासल सातौं मिनेटमा अभागी बनेको थियो । विश्व अधिकारीले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरलाई लाग्दै क्रसबारमा ठोक्किएको थियो । लगत्तै सन्त बहादुर गुरुङले वन भर्सेस वनको स्थितिमा गोल गर्न सकेनन् । अमिर श्रेष्ठ र विमलकै वरपर रहेको च्यासलको अाक्रमणले गोल निकाल्न सकेन ।
दोस्रो हाफमा पनि च्यासलले सुरुवातदेखि दबाब कायम गर्यो । ५३ अौं मिनेटमा विमलले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट हानेको फ्रिकिक पोस्टको भित्री भागमा लागेर फर्किएको थियो । ६५ अौं मिनेटमा सजिन थापामगरले पेनाल्टी क्षेत्रभित्र पाएको खुला प्रहारलाई पोस्टको दिशा दिन सकेनन् ।
च्यासलले ७६ अौं मिनेटमा अग्रता लिने सुवर्ण अवसर गुमायो । हेमन्त थापामगरको पेनाल्टी प्रहार गोलरक्षक दीप कार्कीले बचाए । विमललाई अन्जन देवकोटाले पेनाल्टी क्षेत्रभित्र लडाएपछि च्यासलले पेनाल्टी पाएको थियो । च्यासलले लगातार दबाब कायम गरेपनि गोल गर्न भने सकेन ।
March 9, 2025
एजेन्सी – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा नटिङघम फरेस्टसँग पराजित भएको छ । शनिवार भएको खेलमा सिटी नटिङ्घमसँग १० ले पराजित भएको हो । घरेलु मैदानमा नटिङ्घमलाई जित दिलाउन क्यालम हड्सन–ओडोई खेलको अन्त्य तिर गोल गरे । उनले ८३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङ्घम तेस्रो […]
March 9, 2025
एजेन्सी – शीर्ष स्थानको लिभरपुलले इङ्ग्लिस प्रिमियर लिगमा अर्को जित हासिल गरेको छ । लिभरपुलले शनिवार साउथह्याम्पटनलाई ३-१ ले पराजित गरेको हो । पछि परेको खेल उल्टाउँदै लिभरपुलले जित निकालेको हो। घरेलु मैदानमा भएको खेलमा लिभरपुलको जितमा मोहम्मद सलाहले पेनाल्टीमा २ गोल गरे । अर्को गोल डार्विन नुनेजले गरे । साउथह्यामटनका विलियम स्मलबोनले गोल गरे […]
March 8, 2025
विराटनगर (हाम्रो खेलकुद)- चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपमा सेमिफाइलनमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा शनिवार अन्तिम क्वाटरफाइनलमा एनआरटीलाई २-० ले हराउँदै अन्तिम चार पुगेको हो । चर्च ब्वाइजको लागि रिचर्ड र आकाश राईले गोल गरे। योसँगै गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ । यसअघि विभागीय टोली नेपाल पुलिस क्लब र […]