default_image

6 years ago

October 9, 2018

‘पोग्बामा हाम्रो रुचि छैन’ – युभेन्ट्स

65 views

0 Bookmark

टुरिन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका स्टार पाउल पोग्बा पुनः युभेन्ट्स आउने सम्भावना नरहेको क्लबका निर्देशक फाबियो पाराटिसीले बताएका छन् । उनले भनेका छन्, हामी पोग्बालाई माया गर्छौ, तर अहिले उनी युभेन्ट्सका खेलाडी होइनन् ।

२५ वर्षे फ्रान्सेली स्टार बार्सिलोना जाने वा युभेन्ट्स फर्कने चर्चा सुरु भएपछि क्लबका निर्देशकको भनाई सार्वजनिक भएको हो । युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले पोग्बा कहिल्यै क्लबको कप्तान हुन नसक्ने बताएपछि उनले क्लब छाड्ने चर्चा झन् चुलिएको छ ।

पोग्बा युभेन्ट्समा रहँदा मुख्य खेलाडी रहेपनि अहिले क्लबले उनीप्रति खासै चासो नराखेको निर्देशक पाराटिसीले बताए । ‘ हामी उनलाई एकदमै माया गछौं । उनी जति बेलादेखि हाम्रो निकट रहे सधै राम्रो गरुन् भन्ने भयो । तर अहिले उनी हाम्रो खेलाडी होइनन्,’ पारिटिसीले भने,‘अहिले हामीले उनका बारेमा सोचेका छैनौं । तत्काल सोच्ने सम्भावना पनि छैन ।

युभेन्ट्समा ४ वर्ष विताएपछि पोग्बा युनाइटेड पुगेका थिए । युभेन्ट्समा रहँदा उनले १ सय २४ खेल खेलेका थिए । उनी रहँदा युभेन्ट्सले लगातार ४ पटक सिरिए उपाधि र दुई पटक कोपा इटालिया जितेको थियो ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.