6 years ago
October 9, 2018
एजेन्सी – इंग्लिस राष्ट्रिय टोलीका पूर्व कप्तान एवं डिसी युनाइटेडका फरवार्ड वायन रुनीले लिओनेल मेसी विश्वको सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । रोनाल्डोसँग गहिरो मित्रताका बाबजुद उनले यस्तो अभिव्यक्ति दिएका हुन् ।
रुनीले दुई पटक मेसीविरुद्ध च्याम्पियन्स लिगको फाइनल खेल हारेका थिए । गतसाता मेसीले वेम्बलीमा उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनाले टोटेनहमलाई पराजित गरेपछि रुनीले यस्तो अभिव्यक्ति दिएका हुन् । ‘ मेसीविरुद्ध खेलेका दुवै खेलमा यदि बार्सिलोना विपक्षी नभएको भए हामीले ज्तिने थियौं । मेरो नजरमा बार्सिलोना उत्कृष्ट टोली हो र मेसी उत्कृष्ट खेलाडी । मेसीले जे गर्छन् त्यो अद्भुत छ । उनीसँग सबै पक्षमा उत्तिकै सफलता हात पर्न सक्ने खुबी छ, रुनीले भने ।
‘ रोनाल्डो सुरुमा विंगरका रुपमा खेल्थे । त्यसपछि उनी भूमिका फेरेर स्ट्राइकरको रुपमा खेल्न थाले । अहिले उनी गोलकर्ताका रुपमा चिनिन थालेका छन्,’ रुनीले थपे । रोनाल्डो विंगर खेल्दा अत्यधिक छलाउने र डिफेन्सलाई छक्याउँदै आफ्ना खेलाडीलाई पास मिलाउने गर्थे । अहिले भने उनी एक फरवार्डका रुपमा गोल गर्ने कार्यमा ध्यान दिंदै आएका छन् ।
‘मेसीसँग सबै पक्ष छ । एक समय गोल गरिरहेका हुन्छन् त एकछिनमा मिडफिल्डमा पुगेर बल खोस्दै पास खेलिरहेका हुन्छन् । पारेको अवस्थामा उनी डिफेन्समा पनि उपस्थित हुन्छन् । मेसी नै सम्भवत सर्वकालीन महान खेलाडी हुन्,’ रुनीले थपे । रुनी र रोनाल्डो लामो समय म्यानचेस्टर युनाइटेडबाट सँगै खेले । रुनी र रोनाल्डो सम्मिलित युनाइटेडलाई फाइनलमा हराउँदै मेसी सम्मिलित बार्सिलोनाले च्याम्पियन्स लिग पनि जितेको थियो ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]