6 years ago
October 9, 2018
एजेन्सी – ब्राजिलियन राष्ट्रिय टोलीले अर्जेन्टिना र साउदी अरेबियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण थालेको छ । सोमबार टोलीले टोटेनहम हट्स्परको मैदानको उपयोग गर्दै प्रस्थान गर्ने अघिल्लो दिन प्रशिक्षण संचालन गर्यो ।
ब्राजिलले रुसमा आयोजित विश्वकप अघि पनि स्पर्सकै प्रशिक्षण मैदान प्रयोग गरेको थियो । राष्ट्रिय टोलीका अधिकांश खेलाडी युरोपमा खेल्ने हुनाले टोलीले ब्राजिल पुग्नभन्दा युरोपमा नै क्लबहरुको प्रशिक्षण मैदान प्रयोग गर्ने चलन रहेको छ । ब्राजिलले विश्वकपमा क्वाटरफाइनल चरण पार गर्न नसकेपनि त्यसपछि मैत्रीपूर्ण खेलमा भने लय समाएको छ ।
पछिल्लो पटक खेलेका दुई मैत्रीपूर्ण खेलमा ब्राजिलले संयुक्त राज्य अमेरिकालाई २-० र एल साल्भाडोरलाई ५-० ले पराजित गरेको थियो । विश्वकपको खराब नतिजालाई भुल्दै ब्राजिलले कोपा अमेरिकालाई ध्यानमा राख्दै तयारी सुरु गरिसकेको छ । ब्राजिल आफैंले कोपा अमेरिकाको अर्को संस्करण आयोजना गर्दैछ । प्रतियोगिता १४ जुन देखि ७ जुलाईसम्म हुनेछ ।
यसअघिका मैत्रीपूर्ण खेलमा नेयमारले दुवै खेलमा गोल गरेका थिए । यद्यपी दुवै गोल पेनाल्टीबाट सम्भव भएका थिए । अर्का फरवार्ड रोबर्टो फिर्मिनोले अमेरिकाविरुद्ध १ गोल गर्दा डेब्यु गरिरहेका रिचार्लीसनले साल्भाडोरविरुद्ध २ गोल गरेका थिए । ब्राजिलको टोलीमा टोटेनहमकै लुकास मौराले पनि स्थान पाएका छन् । उनी २ वर्षपछि टोलीमा फर्किएका हुन् ।
ब्राजिलले मैत्रीपूर्ण खेल अन्तर्गत शुक्रबार साउदी अरेबियाको सामना गर्दैछ । त्यसपछि मंगलबार अर्जेन्टिनाविरुद्धको खेल प्रतिस्पर्धात्मक हुने विश्वास गरिएको छ । ब्राजिलले २३ सदस्यीय टोलीको घोषणा गर्दा घाइते रियल म्याड्रिड डिफेन्डर मार्सेलो भने परेका छैनन् ।
ब्राजिल टोली :
गोलरक्षक – एलिसन, एडरसन, फेलिपे
डिफेन्डर – मिरान्डा, फिलिपे लुइस, मार्किन्होस, ड्यानीलो, स्यानड्रो, फाबिन्हो, मिलिताओ, पाब्लो
मिडफिल्डर – कोउटिन्हो, अगुस्टो, क्यासेमिरो, फ्रेड, आर्थर, वालेस
फरवार्ड – नेयमार, मोउरा, फिर्मिनो, जेसस, रिचार्लीसन, माल्कम
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]