default_image

6 years ago

October 9, 2018

‘रियलबाट खेल्नु मेरो बाल्यकालदेखिकै सपना’ – इडेन हाजार्ड

74 views

0 Bookmark

लन्डन (एजेन्सी) – बेल्जियम राष्ट्रिय टोलीका कप्तान एवं चेल्सीका स्टार इडेन हाजार्डले रियल म्याड्रिडबाट खेल्ने उनको बाल्यकालदेखिको सपना रहेको बताएका छन्

रियल म्याड्रिडले गत अगस्टमा हाजार्डलाई भित्र्याउने अन्तरिक तयारी गरेको थियो । तर हाजार्डले यस सिजन चेल्सीमै रहने बताएपछि रियल निराश बनेको थियो । हाजार्डले लामो समयदेखि रियल म्याड्रिड आफ्नो बाल्यकालदेखिकै मनपर्ने क्लब रहेको र त्यहाँ खेल्नु आफ्नो सपना रहेको बताएका थिए । तर उनले चेल्सीमा सम्झौता रहुन्जेल अन्य क्लबबारे सोच्न नहुने अभिव्यक्ति दिएपछि ट्रान्सफर हुने सम्भावना कमजोर बनेको थ्यियो ।

जारी लिग सिजनमा ७ गोल गरिसकेका हाजार्डले चेल्सीसँग सम्झौताबारे बोलेका छन् । हाल चलिरहेको सम्झौता अझै दुई वर्ष चल्नेछ । ‘म अब चेल्सीमा नयाँ सम्झौता हस्ताक्षर गर्छु भनेर अन्त्यमा नगर्ने काम गर्न सक्दिन । मैले अब आफूलाई जे राम्रो हुन्छ त्यहि गर्ने हो । क्लबले मलाई धेरै थोक दिएको छ र क्लबलाई पनि राम्रो हुनुपर्छ । यो मेरो जिन्दगिको सबैभन्दा कठिन निर्णय हुनेछ ,’ उनले भने ।

हाजार्डले जारी सिजन उच्च लयमा खेलिरहेका छन् । उनले रियलको प्रशंसा गर्दै विश्वकै उत्कृष्ट क्लब रहेको पनि बताए । ‘म अहिले राम्रो खेलिरहेको छु । रियल विश्वकै उत्कृष्ट क्लब हो । म झुटो बोल्न चाहन्न । मैले बाल्यकालदेखि नै यो क्लबबाट खेल्छु भन्ने सपना देखेको थिएँ,’ उनले भने ।

‘अब हेरौं भविष्यमा के हुन्छ । म हरेक दिन यसबारे बोल्न चाहन्न । मसँग त्यो समय पनि छैन । तर मैले आफ्नो भविष्यबारे निर्णय छिट्टै लिनुपर्छ,’ हाजार्डले थपे । चेल्सीमा लामो समयदेखि खेल्दै आएका हाजार्ड अर्को सिजन रियल जाने सम्भावाना छ । चेल्सीमा सम्झौता अन्त्य नजिकिनु र रियालमा स्टार खेलाडीको अभाव खड्किनुले ट्रान्सफर सफल हुने संकेत दिएको छ ।

February 2, 2025

आहा! रारा पोखरा गोल्ड कपको‌ तयारी पूरा

पोखरा (हाम्रो खेलकुद) – आहा!रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४ औं संस्करणको सबै तयारी पूरा भएको छ। आयोजक सहारा क्लब पोखराले आइतवार पत्रकार सम्मेलनमार्फत तयारीको बारेमा जानकारी गराएको छ। सोही अवसरमा आहा रारा गोल्डकपको ट्रफी, व्यक्तिगत अवार्ड र आयोजकले गोल्डकपमा प्रयोग गर्ने जर्सी सार्वजनिक गरिएको थियो। प्रतियोगिता मंगलवार पोखरा रंगशालामा सुरु हुनेछ। उद्घाटन खेल आयोजक र […]

February 2, 2025

रियल म्याड्रिड स्तब्ध

एजेन्सी- स्पेनिस ला लिगामा रियल म्याड्रिडले शनिवार स्तब्ध भएको छ। इस्पनयोलले रियललाई १-० पराजित गरेको छ। इस्पनयोलका लागि कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरेको गोल रियललाई हराउन पर्याप्त रह्यो । शीर्ष स्थानको रियलले अंक अन्तरलाई बढाउने मौका गुमाएको छ । रियलको ४९ अंक छ। रेलिगेसनबाट बच्न संघर्षरत इस्पनयोललाई राहत मिलेको छ । शनिवार नै एटलेटिको […]

February 2, 2025

सलाहको गोलमा लिभरपुलको जित

एजेन्सी – मोहमद सलाहको २ गोलमा शीर्षस्थानको लिभरपुलले इंग्लिस प्रिमियर लिगमा बर्नमाउथलाई शनिवार २-० ले हराएको छ । ३० औं मिनेटमा पेनाल्टीमा गोल गरेका सलाहले अर्को गोल ७५ औं मिनेटमा गरेका थिए । प्रिमियर लिगमा सलाह उच्च गोलकर्ता सूचीको छैटौं स्थानमा उक्लेका छन् । उनले चेल्सीका पूर्व स्टार फ्रान्क लाम्पार्डलाई पछाडि पारेका छन् । लिगमा […]

Success

Thank you for your time.