6 years ago
October 8, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटीका फरवार्ड ग्याब्रिएल जेससले आइतबार लिभरपुलविरुद्ध खेलको अन्त्यतिर पाएको पेनाल्टी प्रहार गर्न नपाउँदा निराश रहेको बताएका छन् ।
खेलको अन्तिम ५ मिनेट बाँकी रहँदा लिभरपुलका डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई लडाएपछि सिटीले पेनाल्टी पाएको थियो । यसै सिजन क्लबमा आएका विंगर रियाद माहरेजले उक्त पेनाल्टी प्रहार गरेका थिए । तर माहरेजले पेनाल्टी पोस्टभन्दा निकै माथि प्रहार गर्दा सिटी अग्रता लिनबाट चुकेको थियो ।
सामान्यतया टोलीका फरवार्डले पेनाल्टी प्रहार गर्ने गर्छन् । सिटीको हकमा सर्जियो अगुएरोले पेनाल्टी प्रहार गर्दै आएका थिए । उनी अनुपस्थित हुँदा जेससले पेनाल्टीको जिम्मेवारी पाउँथे । तर आइतबार प्रशिक्षक गुआर्डीओलाले माहरेजलाई पेनाल्टी प्रहार गर्ने निर्देशन दिएका थिए । उक्त निर्देशनप्रति ब्राजिलियन फरवार्ड जेससले भने आपत्ति जनाएका छन् ।
‘ म पेनाल्टी प्रहार गर्न चाहन्थें । म एकदम आत्मविश्वासी पनि थिएँ । तर मलाई पेनाल्टी हान्न दिईएन । यो निर्णयप्रति म खुसी छैन,’ जेससले भने । ब्राजिलियन फरवार्डले खेलपछि प्रशिक्षक पेप गुआर्डीओलाले उनीसँग माफी मागेको पनि बताए । ‘पेपले मसँग खेलपछि कुरा गरे । फुटबलमा कहिलेकहीं निर्णय सहि सावित हुँदैन । प्रशिक्षकको निर्णयलाई मेरो समर्थन भने सधैं रहनेछ,’ उनले थपे ।
माहरेजले पछिल्लो आठ पेनाल्टीमध्ये ५ पेनाल्टीमा गोल गर्न सकेका छैनन् । जेससले पनि पछिल्ला तीन मध्ये दुई पेनाल्टी चुकाएका छन् । लेस्टर सिटीबाट यसै सिजन म्यानचेस्टर सिटी आएका माहरेजले सिटीको लागि ३ गोल गरिसकेका छन् । उनले खेलमा कहिले गल्ति हुने र त्यसलाई सुधारेर अगाडी बढ्दा नै आफ्नो खेल विकास हुने बताए ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]