6 years ago
October 8, 2018
लन्डन (एजेन्सी) – युभेन्टस स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध अर्को वलात्कारको आरोप लागेको छ। इङ्लिस संचार माध्यम द मेलले जनाएको छ।
लास भेगासमा सन् २००९ को घटनालाई लिएर रोनाल्डोविरुद्ध अमेरिकी महिला क्याथरिन म्योग्राले मुद्दा दर्ता गरेपछि म्योग्राको वकिललाई अर्की एक महिलाले फोन गरेर उनीमाथि पनि रोनाल्डोले जबर्जस्ती गरेको जनाएकी छिन।
“मलाई म्योग्रा जस्तै घटना भोगेको एक युवतीले सम्पर्क गरेकी छिन। हाल म उनको नाम सार्वजनिक गर्दिन तर मैले लास भेगास पुलिसलाई उक्त जानकारी दिनेछु “, द मेलसँग म्योग्राकी वकिल लेस्ली स्टोभलले बताइन्।
जर्मन सञ्चारमाध्यम डेर स्पिगेललाई म्योग्राले रोनाल्डोले उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लगाएकी थिइन् । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताएकी हुन् । हाल लास भेगास पुलिसले यो २००९ को घटनामा पुनः जाँच सुरु गरेको छ।रोनाल्डोले भने यो आरोप झुटो रहेको र उनको अस्मितामा आँच पुर्याउन यो कदम चालेको दाबी गरेका छन्।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]