6 years ago
October 8, 2018
बार्सिलोना (एजेन्सी) – वर्तमान फुटबलमा लियोनल मेस्सीलाई फुटबलको भगवान मान्नेहरु धेरै छन्। कतिपय समर्थकहरु उनलाई बेग्लै ग्रहको प्राणी भन्ने गर्छन। मेस्सी पक्कै पनि विश्व फुटबलको एक उत्कृष्ट खेलाडीमध्ये एक हुन्। उनको नाममा बनेका किर्तिमानहरुले पनि उनको स्तरको बयान गर्दछ ।
फुटबलमा लियोनल मेस्सीका थुप्रै किर्तिमानहरु छन्। तिमध्ये तोड्नलाई असम्भव जस्तै मेस्सीको नाममा रहेका ५ किर्तिमानहरु यसप्रकार छन् :
१. एक वर्षमा सर्वाधिक गोल
लियोनल मेस्सीले २०१२ मा ९१ गोल गरे। यसले गर्ड मुलरको नाममा रहेको ४० वर्ष पुरानो किर्तिमान भंग गर्यो। १९७२ मा मुलरले एक वर्षमा ८५ गोल गरेका थिए। मेस्सीले ४० वर्षपछि तोडेको यो किर्तिमान अन्य खेलाडीलाई तोड्न निकै गाह्रो पर्नेछ।
मेस्सीले उक्त वर्ष ९१ गोल गर्न ६९ खेल खेलेका थिए। जसमध्ये ६० खेलमा ७९ गोल बार्सिलोनाका लागि थियो भने ९ खेलमा १२ गोल अर्जेन्टिनाका लागि थियो।
२. ४ ब्यालन डी’ओर जित्ने सबै भन्दा कान्छा खेलाडी
कुनै पनि फुटबलरले करियरमा १ ब्यालन डी’ओर जित्नु ठूलै सफलता मानिने गर्दछ। मेस्सीले २२ वर्षको उमेरमा नै पहिलो पटक यो सौभाग्य प्राप्त गरे। २५ वर्ष ६ महिना १२ दिनको हुँदा उनले चौथो ब्यालन डी’ओर जितेका हुन्। कुनै पनि खेलाडीले यो उमेरमा ४ उपाधि जित्न असम्भव जस्तै हुनसक्छ।
३. ला लिगामा सर्वाधिक असिस्ट
मेस्सीको नाममा ला लिगामा १ सय ५३ असिस्ट छन्। उनले गोल गर्छन्, अन्य खेलाडीहरुलाई पनि त्यति नै गोल गर्ने मौका सिर्जना गर्छन। अहिलेको प्रतिस्पर्धी बजारमा कुनै खेलाडी एकै लिगमा बसेर यो किर्तिमान भंग गर्न असम्भव जस्तै हुनसक्छ।
४. लगातार ४ ब्यालन डी’ओर
मेस्सी र रोनाल्डोको नाममा समान ५ ब्यालन डी’ओर छन्। सन् २००९, २०१०, २०११ र २०१२ मा मेस्सीले लगातार चार ब्यालन डी’ओर जितेका छन्। कुनै पनि खेलाडीलाई यो किर्तिमान बराबरी गर्न सहज हुदैँन।
५. ला लिगामा सर्वाधिक गोलकर्ता
मेस्सी ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनले बार्सिलोनाका लागि ला लिगामा ३ सय ९२ गोल गरेका छन् र उनी अझै पनि सक्रिय गोलकर्ता हुन्। दोस्रो स्थानमा रहेका क्रिस्टियानो रोनाल्डोको ३ सय ११ गोल छन् तर उनी रियल म्याड्रिडबाट युभेन्टस पुगेसंगै यो किर्तिमान नजिक अन्य कुनै खेलाडी छैनन्। हाल यो किर्तिमान नजिकका ला लिगामा सक्रिय अन्य खेलाडी ३७ वर्षीय एथलेटिक बिल्बावोका अडुरिज जुबेलडिया हुन् जसको नाममा १ सय ५५ गोल छ। त्यसर्थ यो किर्तिमान तोड्न लगभग असम्भव जस्तै हो।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]