6 years ago
October 8, 2018
वाशिंगटन (एजेन्सी) – अमेरिकी फुटबल लिग एमएलएस अन्तर्गत घरेलु टोली डिसी युनाइटेडको जितमा म्यानचेस्टर युनाइटेडका पूर्व कप्तान वेन रुनीले दुई गोल गरेका छन्।
एमएसलएस इस्टर्न कन्फरेन्सको खेलमा डिसी युनाइटेडले सिकागो फायरलाई २-१ ले पराजित गर्यो। सिकागोमा बायर्न म्युनिख तथा म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर बास्टियन स्वाइन्सटाइगर खेल्छन्।
५१ औं मिनेटमा रहिम एडवार्ड्सको गोलमा पछि परेको डिसीलाई रुनीले ६२ औं मिनेटमा वरावरी गोल दिलाए। त्यस्तै ८१ औं मिनेटमा रुनीले पेनाल्टी मार्फत विजयी गोल गरे।
रुनीको आगमन अघि कन्फरेन्सको अन्त्यमा रहेको डिसी हाल सातौँ स्थानमा रहँदै प्ले अफमा स्थान बनाउन प्रतिस्पर्धा गर्दैछ। रुनीले डिसी युनाइटेडबाट १६ खेलमा ९ गोल गरिसकेका छन्।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]