default_image

6 years ago

October 8, 2018

इंग्ल्यान्ड र चेल्सीका पूर्वकप्तान टेरीको फुटबलबाट संन्यास

58 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्ड राष्ट्रिय फुटबल टोली र चेल्सी फुटबल क्लबका पूर्वकप्तान जोन टेरीले फुटबलबाट संन्यास लिएका छन् । ३७ वर्षीय टेरी गत सिजन च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि क्लबविहिन रहेका थिए ।

टेरीले सामाजिक संजाल इन्स्टाग्राममा लेख्दै आफ्नो संन्यास घोषणा गरेका हुन् । ‘फुटबलरका रुपमा २३ वर्षको यात्रा अविश्वसनीय रहयो । अब यो यात्रालाई बिट मार्ने यहि सहि समय रहेको मैले निर्णय गरेको छु,’ उनले लेखेका छन् । टेरीले राष्ट्रिय टोलीका लागि ७८ पटक र सन् २०१७ मा चेल्सी छाड्नुअघि २ दशक क्लबमा रहेर खेलेका थिए ।

टेरीले ५ प्रिमियर लिग उपाधि, ५ एफए कप र एक च्याम्पियन्स लिग उपाधि जित्दै क्लबका लागि सबैभन्दा सफल खेलाडी पनि बने । उनले यसबाहेक ५ पटक लिग कप र एक युरोप लिग उपाधि जित्ने क्रममा क्लबका लागि ७ सय भन्दा बढी खेल खेले । उनले क्लबका कप्तान बन्दै मैदान भित्र मात्र नभएर बाहिर पनि आफ्नो पृथक पहिचान कायम गरेका छन् ।

सन् २०१७ मा चेल्सी छाडेपछि टेरीले २०१७/१८ सिजन दोस्रो श्रेणीमा एस्टन भिल्लाबाट खेलेका थिए । उनको अन्तिम व्यवसायिक खेल प्लेअफमा फुलहमविरुद्ध १-० को हारमा रहेको थियो । टेरीलाई रुसी क्लब स्पार्टाक मस्कोले अनुबन्धन गर्न खोजेपनि टेरीले परिवारका लागि उचित निर्णय नहुने भन्दै त्यसलाई नकारेका थिए ।

टेरीको संन्यासको पूर्णपाठ :

४ वर्षको उमेरमा मैले करिअरको ठूलो र उत्कृष्ट निर्णय गरेको थिएँ : चेल्सी फुटबल क्लबसँग सम्झौता गरेर । क्लब र त्यससँग सम्बन्धित मान्छे मेरो लागि कति महत्त्व राख्छन्, शब्दमा बयान गर्न सक्दिन । विशेषगरि समर्थकहरु ।

मेरा लागि समर्थक हरदम साथमा रहे । चाहे त्यो मैदान भित्र होस् या बाहिर समर्थक मेरा लागि सधैं विशेष हकदार छन् । हामीले साथमा धेरै अविस्मरणीय पलहरु बिताएका छौं । सायद यो सब समर्थकको बिना सम्भव हुँदैन थियो । मेरा लागि चेल्सीका समर्थक विश्वकै उत्कृष्ट समर्थक हुन् । मलाई आशा छ मैले क्लबको जर्सी र आर्मब्यान्ड लगाएर सबैलाई गर्व गर्न सक्ने बनाएको छु ।

मेरो क्लब करिअर र हृदय सधैं चेल्सीका लागि नै रहनेछ । म नटिङघम फरेस्टलाई पनि धन्यवाद दिन चाहन्छु । सन् १९९९ मा युवा खेलाडीको रुपमा मेरो विकास गर्न क्लबको भूमिका महत्त्वपूर्ण थियो । र एस्टन भिल्लालाई पनि । अन्तिम सिजन यस्तो ठूलो क्लबमा कप्तानीको जिम्मेवारी दिएको मा ।

विश्वकै उत्कृष्ट फुटबल क्लबमध्येको एकलाई नेतृत्व प्रदान गर्न पाउनु गौरबको क्षण हो । मैले लामो समय क्लबमा बिताउँ पाएँ । अब जिन्दगीको अर्को पाटोमा अवसर र चुनौतीको सामना गर्न तयार छु ।

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.