6 years ago
October 8, 2018
म्याड्रिड (एजेन्सी) – बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध बराबरी खेलेसँगै स्पेनिस ला लिगाको शीर्ष स्थानमा परम्परागत टोली छाडेर नयाँ क्लब आएको छ । विगतमा बार्सिलोना, रियल म्याड्रिड र एटलेटिको म्याड्रिडको दबदबा रहने शीर्षस्थानमा हाल सेभिल्ला रहेको छ ।
आइतबारको खेल सुरु हुनुअघि बार्सिलोना अंक तालिकाको शीर्ष स्थानमा थियो । दिनको पहिलो खेलमा एटलेटिको म्याड्रिडले रियल बेटिसलाई पराजित गर्दै केहि घण्टाको लागि शीर्ष स्थानमा कब्जा जमायो । तर सेभिल्लाले १० खेलाडीमा सिमित सेलता भिगोलाई २-१ ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा पुग्यो ।
बार्सिलोनाले जित दर्ता गरेको अवस्थामा स्पष्ट अग्रतासहित शीर्ष स्थानमा रहने सुवर्ण अवसर थियो । तर मेसीको कप्तानीमा रहेको क्याटलान क्लबले जित दर्ता गर्न सकेन । बुधबार च्याम्पियन्स लिगको खेलमा इंग्लिस क्लब टोटेनहम हट्स्परलाई ४-२ ले पराजित गरेपनि घरेलु लिगमा भने बार्सिलोनाले पछिल्ला ४ खेलमा जित दर्ता गर्न सकेको छैन ।
एटलेटिको र सेभिल्लाको सफलताले रियल म्याड्रिडलाई भने असर परेको छ । शनिबार अलाभेससँग १-० ले पराजित भएको रियल अंक तालिकाको चौथो स्थानमा झरेको छ । रियलले पछिल्लो ४ खेलमा कुनै गोल गर्न सकेको छैन र जितविहिन छ । प्रशिक्षक जुलेन लोपेटेगुई निकै दबाबमा आएका छन् । क्रिस्टियानो रोनाल्डोको प्रस्थानसँगै रियलमा गोल गर्ने खेलाडीको कमी भएको भन्ने आलोचकहरुले प्रश्न गर्न थालिसकेका छन् ।
लिग तालिका :
१. सेभिल्ला ८ खेल ५ जित १ बराबर २ हार १६ अंक
२. बार्सिलोना ८ खेल ४ जित ३ बराबर १ हार १५ अंक
३. एटलेटिको म्याड्रिड ८ खेल ४ जित ३ बराबर १ हार १५ अंक
४. रियल म्याड्रिड ८ खेल ४ जित २ बराबर २ हार १४ अंक
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]