default_image

6 years ago

October 8, 2018

अंक गुमाउँदै बार्सिलोना ला लिगाको दोस्रो स्थानमा झर्यो

62 views

0 Bookmark

भ्यालेन्सिया (एजेन्सी) – ला लिगा अन्तर्गत भ्यालेन्सियाको घरेलु मैदानमा बराबरी खेल्दै बार्सिलोनाले २ अंक गुमाएको छ। खेलमा पकड राखेपनि बार्सिलोनाले भ्यालेन्सियाको घरेलु मैदानमा जित हासिल गर्नभने सकेन।

Messi goal

खेलको सुरुआतमै बार्सिलोना पछि पर्यो। दोस्रो मिनेटमा कर्नर मार्फत एजीक्वेल गेरेले गोल गरेपछि घरेलु टोलीले अग्रता लियो। २३ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई बराबरी दिलाए। बार्सिलोनाले खेलमा ७५ प्रतिशत बल पोसेसन राखेपनि अन्य गोल गर्न सकेन।

बराबरी पछि ८ खेलमा १५ अंक रहेको बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा झरेको छ। आज घरेलु मैदानमा सेल्टा भिगोलाई २-१ ले पराजित गरेको सेभिल्ला अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। सेभिल्लाको ८ खेलमा १६ अंक रहेको छ। तेस्रो स्थानमा एथ्लेटिको म्याड्रिडको १५ अंक छ भने चौथो स्थानमा रियलको १४ अंक रहेको छ।

हाइलाइट्स 

March 10, 2025

कपिलवस्तु ११ सुनगाभा सैनामैना गोल्डकपको फाइनलमा

सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]

March 10, 2025

बिबिसीले श्री कुमारीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]

March 10, 2025

अस्ट्रेलियामा यतिलाई कँडेल कप फुटबलको उपाधि

मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]

Success

Thank you for your time.