6 years ago
October 8, 2018
लिभरपुल (एजेन्सी) – रियाद माहरेजले खेलको अन्तिम समयतिर पेनाल्टीमा गोल गर्न नसक्दा म्यानचेस्टर सिटीले प्रिमियर लिगको शीर्ष स्थानमा अधिपत्य जमाउने मौका गुमाएको छ ।
आइतबार लिभरपुल र म्यानचेस्टर सिटीको खेल गोलरहित बराबरीमा टुंगिएको हो । सिटीले यसै सिजनको सुरुआतमा ६ करोड पाउण्ड तिरेर भित्र्याएका मिडफिल्डर माहरेजले ८५ औं मिनेटमा प्राप्त पेनाल्टी पोस्टभन्दा धेरै माथि प्रहार गरेका थिए । डिफेन्डर भर्जिल भान डाइकले लेरोय सानेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि सिटीले पेनाल्टी प्राप्त गरेको थियो ।
पछिल्लो सिजन सिटीले घरेलु मैदानमा ५-० को सहज जित दर्ता गर्दै अवे मैदानमा ४-३ ले पीएसजी जितेको थियो । तर यसपटक दुवै टोली आक्रामक रुपमा सफल हुन सकेनन् । सिटीको प्रदर्शन तुलनात्मक रुपमा केहि राम्रो देखिएपनि नतिजामुखी भने हुन सकेन । सिटीले राखेको ५१ प्रतिशत बल पोसेसन प्रिमियर लिगमा सिटीको सबैभन्दा कमजोर प्रदर्शन रहयो ।
लिगको आठौँ खेलसम्म आइपुग्दा सिटी र लिभरपुलसँगै चेल्सी पनि अपराजित नै छ । तीनै क्लबको समान २० अंक छ र चेल्सी गोलअन्तरका आधारमा शीर्ष स्थानमा छन् । पेप गुआर्डीओलाले योर्गेन क्लोपविरुद्ध पछिल्ला ८ खेलमा १ खेलमा मात्र जित दर्ता गरेका छन् ।
March 10, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीमा जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को उपाधिका लागि कपिवस्तु ११ र अभिषेक चर्च नवलपुर भिड्ने भएका छन् । सोमवार भएको दोस्रो सेमिफाइनल खेलमा कपिलवस्तु ११ विजयी भएपछि फाइनल समिकरण पूरा भएको छ ।कपिलवस्तु ११ ले महाविर क्लब काठमाडौंलाई पेनाल्टी सुट आउटमा पराजित गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ। आज भएको खेलमा बिबिसीले श्री कुमारी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्यो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आशिष गुरुङले १५ औं मिनेटमा गोल गर्दै बिबिसीलाई अग्रता दिलाए। यही गोलमा बिबिसीले पहिलो हाफमा १-० को अग्रता बनायो। दोस्रो हाफ […]
March 10, 2025
मेलबर्न (हाम्रो खेलकुद) – आयोजक यति एफसी फुटबल क्लबले १४औं कँडेल कन्सल्टेन्सी कप २०२५ को उपाधि उचालेको छ । रोयल वेष्टर्न क्लबलाई ३–२ ले पराजित गर्दै आयोजक यति फुटबल क्लब च्याम्पियन बनेको हो । अस्ट्रेलियाको मेलबर्न स्थित डेराविन इस्पोर्ट सेन्टरमा भएको फाइनल खेलमा आयोजक यतिका लागि कप्तान अभियान प्रधान, सुमन लामा र तेज तामाङले गोल […]