6 years ago
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यू १८ महिला च्याम्पियनसिपमा उपविजेतमा चित्त बुझाउनु परेको छ । भुटानमा भएको साफ च्याम्पियनसिपको आइतबार सम्पन्न फाइनलमा बंगलादेशसँग १–० ले पराजित हुँदै नेपाल दोस्रो बनेको हो ।
भुटानको चाङलिमिथाङ रंगशालामा भएको फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाएपछि नेपाली टोली खेलमा फर्कन सकेन । खेलेका ४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा परिणत गरिन् ।
पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेपनि गोल हुन सकेको थिएन । बंगलादेशले १२ औं मिनेटमा बल गोल्पोस्टभित्र छिराएपनि गोल गर्ने क्रममा गोलकिपरलाई फाउल गरेपछि रेफ्रीले गोल दिएनन् । भारतलाई टाइब्रेकरमा हराउँदै फाइनलको यात्रा तय गरेको नेपाल अन्ततः उपविजेताका रुपमा स्वदेश फर्कने भएको छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]