default_image

6 years ago

October 7, 2018

साफ यू १८ च्याम्पियनसिप फाइनल -नेपाल १–० ले पछाडि

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत बंगलादेशविरुद्धको फाइनलमा नेपाल १–० ले पछि परेको छ । भुटानको चाङलिमिथाङ रंगशालामा जारी फाइनलको दोस्रो हाफको सुरुवातमै गोल खाँदै नेपाल खेलमा पछि परेको हो ।

खेलको४९ औं मिनेटमा बंगलादेशका लागि मसुरा पर्विनले गोल गरेकी थिइन् । मैदानको बीच भागबाट आएको फ्रिकिलाई पेनाल्टी बक्स भित्रबाट पर्विनले बललाई गोलमा परिणत गरिन् ।

पहिलो हाफ निकै प्रतिस्पर्धात्मक रहेको थियो । बंगलादेशले १२ औं मिनेटमा बल गोल्पोस्टभित्र छिराएपनि गोल गर्ने क्रममा गोलकिपरलाई फाउल गरेपछि रेफ्रीले गोल दिएनन् । भारतलाई टाइब्रेकरमा हराउँदै नेपालले फाइनलको यात्रा तय गरेको थियो ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.