6 years ago
October 7, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगबन्धु गोल्डकपका कारण स्थगित भएको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको पहिलो चरणको खेल तालिका सार्वजनिक गरेको छ ।
शुरुवाती दुई खेलपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकपका लागि बंगलादेश प्रस्थान गरेपछि लिग बंगबन्धु गोल्डकप भर स्थगित गरिने एन्फाले जनाएको थियो । तर, नेपाल समूह चरणबामटै बाहिरिएपछि राष्ट्रिय टोली आइतबार स्वेद फर्किएकै दिन एन्फाले लिगको नयाँ मिति घोषणा गरेको हो ।
नयाँ तालिका अनुसार पहिलो खेलमा मच्छिन्द्र क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ । खेल २४ असोजमा हुनेछ । २५ असोजमा फ्रेन्डस् क्लबले थ्री स्टार क्लबको तथा जावलाखेल र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।
२६ असोजमा हिमालयन शेर्पा क्लब र एपिएफ क्लब तथा ब्रिगेड ब्वाइज क्लब र मनाङ–मस्र्याङ्दी क्लबबीच खेल हुनेछ ।
उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई एनआरटीले २–२ गोलको बराबरीमा रोकेको थियो । दोस्रो खेलमा संकटाले सरस्वती युथ क्लबलाई १–० ले पराजित गरेको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]