6 years ago
October 7, 2018
म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत साविक विजेता बायर्न म्युनिख घरेलु मैदानमा बोरुसिया मोन्चेनग्लाडबाकसँग ३-० ले पराजित भएको छ ।
Bayern Munich Sad
खेलको १० औं मिनेटमा अलासन प्लेले गोल गर्दै बोरुसियालाई अगाडी बढाएका थिए । लगत्तै जर्मन राष्ट्रिय टोलीका सदस्य समेत रहेका लार्स स्टीन्डलले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए । प्याट्रिक हर्मनले नियमित समयको २ मिनेट बाँकी हुँदा गोल गर्दै ३-० को जित पक्का गरेका थिए । म्युनिखले घरेलु मैदानमा पराजित भएसँगै जर्मन टोलीले पछिल्लो ३ खेलमा जित दर्ता गर्न सकेको छैन ।
खेलदौरान बल पोसेसनमा बलियो पकड बनाएपनि म्युनिखले आक्रामक रुपमा सफलता हात पार्न सकेन । टोलीका लागि फरवार्ड रोबर्ट लेवान्डोस्कीले गोल गर्न सकेनन् भने आर्जेन रोबेन र हामेस रोड्रीग्वेज अनि खासै जमेका देखिएनन् । नयाँ प्रशिक्षक निको कोभाचको आगमनसँगै टोलीले खराब प्रदर्शन गर्दै आएको छ ।
अंक तालिकामा बायर्न पाँचौ स्थानमा रहेको छ । ७ खेलमा ४ जित, १ बराबरी र २ हार भोगेको म्युनिख अंक तालिकामा शीर्षस्थान भन्दा ९ अंक पछाडी छ । शीर्ष स्थानमा १७ अंक बोक्दै लिगमा अपराजित एकमात्र टोलीको रुपमा बोरुसिया डर्टमुन्ड रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]