default_image

6 years ago

October 7, 2018

एक वर्षमा फुटबल टोलीका ५ कप्तान !

84 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सामान्यतया एक फुटबल टोलीमा एक कप्तान हुने गर्छन् । कारणवश कप्तान उपलब्ध हुन नसक्दा उपकप्तानले उक्त भूमिका निर्वाह गर्छन् । कप्तान र उपकप्तान दुवै एकैपटक उपस्थित नहुने सम्भावना न्यून रहेपनि त्यसपछिका सिनियर खेलाडीले जिम्मेवारी सम्हाल्छन् । नेपाली राष्ट्रिय फुटबल टोलीले पछिल्लो एक वर्षमा सिनियर टोलीका लागि ५ फरक कप्तान पाएको छ ।

पछिल्लो वर्ष नोभेम्बरमा नेपालले एएफसी एसियन कपको छनोटअन्तर्गत लिग चरणको फिलिपिन्सविरुद्ध खेलेको थियो । गोलरहित सकिएको उक्त खेल नेपालका तत्कालिन कप्तान अनिल गुरुङको लागि अन्तिम खेल थियो । अनिलले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिए । अनिलको संन्यासपछि टोलीको नेतृत्व गर्ने जिम्मेवारी विराज महर्जनको पोल्टामा पर्यो ।

विराजले त्यसपछि यमनविरुद्ध भएको खेलमा नेपालको कप्तानी सम्हाले । बंगलादेशमा भएको साफ च्याम्पियनसिपअन्तर्गत दोस्रो खेलमा भुटानविरुद्ध नेपाली टोलीको कप्तान विराज महर्जन र उपकप्तान भरत खवास पहिलो रोजाईमा नपरेपछि किरण चेम्जोङले कप्तानी सम्हाले । त्यसपछिको खेलमा भरत खवास सुरुआती ११ मा आए र टोलीको नेतृत्व गरे ।

तस्बिर : विवेक सुवेदी / हाम्रो खेलकुद

साफ सकिएको एक महिना नबित्दै बंगबन्धु कपमा नेपालले किरण र रोहित चन्दबिना टोली छनोट गर्यो । कप्तानमा थिए विराज महर्जन नै । पहिलो खेलमा विराजले टोलीको नेतृत्व गरेपनि दोस्रो खेलमा भने उनी खेल्न सकेनन् । भरत खवास पनि पहिलो रोजाईमा नपरेका कारण सिनियर खेलाडी निराजन खड्काले टोलीको कप्तानी सम्हाले । उनी परिवर्तन भएपछि टोलीको कप्तानी सुजल श्रेष्ठले गरेका थिए । तर सुरुआती रोजाईमा कप्तानी गरेका मात्र कप्तानका रुपमा गनिने प्रचलन रहेको छ ।

नेपालका कप्तान :

अनिल गुरुङ – फिलिपिन्सविरुद्ध खेलसम्म

विराज महर्जन – घोषित कप्तान

भरत खवास – माल्दिभ्सविरुद्ध

किरण चेम्जोङ – भुटानविरुद्ध

निराजन खड्का – प्यालेस्टाइनविरुद्ध

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.