6 years ago
October 7, 2018
बर्लिन (एजेन्सी) – क्याटलान क्लब बार्सिलोनाबाट लोनमा बोरुसिया डर्टमुन्ड पुगेका फरवार्ड पाको अल्कासेरले वैकल्पिक खेलाडीको रुपमा ह्याट्रिक गरेपछि जर्मन लिगमा अग्सबर्ग ४-३ ले पराजित भएको छ ।
अल्कासेरले खेलको अन्तिम प्लेअनुरुप प्राप्त गरेको फ्रिकिकलाई गोलमा परिणत गर्दै जित दिलाएका हुन् । निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम १० मिनेटमा ४ गोल सम्भव भएको थियो । खेलमा २-१ ले पछाडी रहेपनि बोरुसियाले ३-२ को अग्रता लिन सफल रहेको थियो । अग्सबर्गले खेलमा बराबरी गोल फर्काएपनि अन्तिम समयमा अल्कासेरले उत्कृष्ट फ्रिकिक प्रहार गरे ।
अग्सबर्गका लागि अल्फ्रेड फिनोबोगासनले पहिलो हाफमा अग्रता दिलाएका थिए ।अल्कासेरले मैदान प्रवेश गरेको पहिलो टचमा नै बराबरी गोल गरेका थिए । ५९ औं मिनेटमा मैदान प्रवेश गरेका फरवार्डले ६२ औं मिनेटमा खेल १-१ को स्थितिमा ल्याए ।फिलिप म्याक्सले गोल गर्दै अग्सबर्गलाई अग्रता दिलाए । ८० औं मिनेटमा अल्कासेरले पुन: बराबरी गोल गरे । त्यसको केहिबेरमै उअस सिजन लिगमा पहिलो पटक खेलिरहेका मारियो गोट्जेले बोरुदियालाई अग्रता दिलाए ।
माइकल ग्रेगोरिशले ८७ औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । तर अल्कासेरले इन्ज्युरी समयको पाँचौ मिनेटमा वालको माथिबाट घुमाउरो फ्रिकिक प्रहार गर्दै जित पक्का गरेका थिए । लिगको ७ खेलमा बोरुसियाले ५ जित र २ बराबरी खेलेको छ । १७ अंक जोडेको टोली शीर्ष स्थानमा ३ अंक र बायर्नभन्दा ४ अंकले अगाडी रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]