6 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल बंगबन्धु गोल्ड कपको समूह चरणबाटै बाहिरिएको छ । लगातार दुई खेलमा पराजित हुँदै नेपाल बंगबन्धुबाट बाहिरिएको हो ।
बंगलादेशमा जारी प्रतियोगितामा शनिबार प्यालेस्टाइनसँग १–० को पराजित भएसँगै नेपालको यात्रा अन्त्य भएको हो । खालेद सलेमले ७० औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो । क्रसमा आएको बलमा हेडमार्फत सलेम गोल गरेका थिए ।
पहिलो खेलमा नेपाल ताजकिस्तानसँग २–० ले पराजित भएको थियो । ताजकिस्तान अर्को खेलमा प्यालेस्टाइनसँग २–० ले नै पराजित भएको थियो ।
प्यालेस्टाइन लगातार दुई खेल जित्दै समूहको विजेता र ताजकिस्तान उपविजेताका रुपमा अन्तिम चारमा प्रवेश गरेको छ । गत महिना साफ च्याम्प्यिनसिपको सेमिफाइनलबाट बाहिरिएको नेपाल यसपटक समूह चरणबाटै बाहिरिएको छ ।
सन् २०१६ को बंगबन्धु गोल्ड कप जितेको नेपालले यसपटक अन्तिम समयमा मात्र सहभागिता निश्चित गरेको थियो । विजेता बनेपछि प्राप्त हुनुपर्ने ५० हजार अमेरिकी डलरमध्येको आधाध बंगललादेश फुटबल संघले केहि दिन अघि मात्र पठाएपछि नेपालको सहभागिता निश्चित भएको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]