6 years ago
October 6, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बंगबन्धु कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र प्यालेस्टाइन भिड्दै छन् । मिडफिल्डर निराजन खड्काले प्यालेस्टाइनविरुद्ध टोलीको कप्तानी गरिरहका छन् ।
नियमित कप्तान विराज महर्जन घाइते भएपछि उनले यो मौका पाएका हुन् । उपकप्तान भरत खवास पहिलो रोजाइमा नपर्दा निराजनले टोलीको नेतृत्व सम्हाल्ने अवसर पाए । अघिल्लो खेलमा विराज घाइते हुँदै मैदान छाडेपछि निराजनले टोलीको कप्तानी गरेका थिए ।
प्यालेस्टाइनविरुद्ध नेपालले दुई खेलाडी परिवर्तन गरेको छ । घाइते डिफेन्डरद्वय अनन्त तामाङ र विराजको स्थानमा सुमन अर्याल र देवेन्द्र तामाङ टोलीमा आएका छन् । गोलरक्षकमा विकेश कुथी यथावत छन् भने डिफेन्समा दिनेश राजवंशी र आदित्य चौधरी छन् । मिडफिल्डमा निराजनसँगै तेज तामाङ र विशाल राइ छन् । आक्रमणको जिम्मेवारी विमल घर्तिमगर, सुनील बल र सुजल श्रेष्ठले सम्हालेका छन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]