6 years ago
October 6, 2018
पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुनियाँका सबैभन्दा सर्वश्रेष्ठ खेलाडी मध्यका एक हुन् । खासगरि उनी आफ्नो व्यक्तिगत कीर्तिमानका कारण चर्चित छन् । धेरै जसोले उनलाई हाल दुनियाँका सर्वश्रेष्ठ खेलाडीको संज्ञा समेत दिन्छन् । तर, आज उनका केही अनौठा तथ्यका बारेमा कुरा गर्दै छौं । जहाँ रोनाल्डोका यि तथ्य सबैलाई थाहा छैनन् ।
१. जर्सी नम्बर ७ लगाउन चाहन्नथे
२००२–०३ मा रोनाल्डो म्यानचेस्टर युनाइटेड अनुबन्ध भएपछि उनलाई जर्सी नम्बर सात दिइएको थियो । जुन फुबलका महानहस्ती जोनी बेरी, जर्ज बेस्ट, ब्रायन रोबसन, इरिक कान्टोना र डेविड बेकह्यामले लगाएका पछि चर्चित भएको थियो । उनी युनाइटेडमा अनुबन्ध हुँदा क्लबले कुन जर्सी नम्बर चाहियो भनि सोधेको थियो । तर, रोनाल्डोले २८ नम्बर जर्सीको माग गरेका थिए । त्यसै समय उनलाई फर्गुसनले सात नम्बर जर्सी दिएका थिए । पछि उनी रियल मड्रिडमा आएपछि उनलाई धेरै पछि मात्र जर्सी नम्बर सात दिइएको थियो । जहाँ सात नम्बर जर्सी तत्कालिन क्लबका कप्तान राउल गोन्जालेजले लगाएका थिए । पछि उनले साल्का जान क्लब छोडेपछि रोनाल्डोले सात नम्बर जर्सी पाएका थिए ।
२. बलात्कारको केसमा गिरफ्तार
रोनाल्डोलाई बलात्कारको आरोपमा गिरफ्तार गरिएको थियो । लन्डन होटेलमा एक महिलालाई बलात्कार गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको थियो । तर, उनलाई छिट्टै स्कटल्यान्ड यार्डले छुटाएको थियो । किनकी उक्त आरोपका लागि मुद्दा चलाउन प्रयाप्त सबुत थिएनन् । आरोपको एक महिना पछि मुद्दा फिर्ता भएको थियो । जतिबेला उनी म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिग खेलिरहेका थिए ।
३. १५ बर्षको हुँदा फुटबल करियर लगभग सकिएको थियो
जब उनी १५ बर्षका थिए, त्यती बेला उनको फुटबल करियर लगभग समाप्त भएको थियो । रोनाल्डो १५ बर्षको हुँदा उनको मुटुको शल्यक्रिया गरिएको थियो । हालसम्म उनले पाँच पटक बेलोन डि ओर जितेका छन् । यो घटना हुँदा उनी पोर्चुगिज फुटबल क्लब स्पोर्टिङमा खेलिरहेका थिए । जब उनी खेलका क्रममा दौड्न सकिरहेका थिएनन् । तब उनको आमाले उक्त समस्या थाहा पाएकी थिइन् र शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल भयो र उनी विश्वका स्टार खेलाडी समेत भए ।
४. उनी लिभरपुलका लागि पर्याप्त थिएनन्
सन् २००३ मा लिभरपुल रोनाल्डोलाई अनुबन्ध गर्ने तयारीमा थियो । तर, पछि उनी १२.२ मलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड पुगे । पूर्व लिभरपुल म्यानेजर जेरार्ड होउलिएरले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेका थिए । तर, रकम बढि भएका कारण उनलाई लिभरपुलले अनुबन्ध गर्न सकेन र उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए ।
५. रुन्चे बालक
रोनाल्डोमाथि कहिलेकाँही अभिनेताको आरोप लाग्ने गर्दछ । प्रतिद्वन्द्वी प्रसंशकहरुले उनलाई धेरै तरिकाले सताउँछन् पनि । उनलाई प्रायः जसो समर्थकले रुन्चे बालक भनेर जिस्काउछन् । तर आश्चर्यको किषय यो हो की उनको यो नाम भने समर्थकले राखेका भने हैनन् । उक्त नाम पहिला उनी आमाले राखेकी थिन् । जुन रुन्चे बालक नाम समर्थकले हैन ।
६. स्कुलबाट निस्कासन
रोनाल्डोलाई युवा करियरमा स्कुलबाट निकालिएको थियो । उनले आफ्ना शिक्षकलाई कुर्सीले हानेपछि उनलाई स्कुलबाट निस्कासन गरिएको थियो । उनी स्कुलमा लोकप्रिय बालक मध्यका एक थिए । तर, उनको उक्त प्रतिष्ठाले उनलाई स्कुलबाट निस्कासन गर्नबाट जोगाउन सकेन । जहाँ उनको परिवारिक आर्थिक स्थितीलाई लिएर मजाक उडाइएको थियो ।
७. दानी रोनाल्डो
क्रिस्टियानो रोनाल्डो सबै थोकका स्वार्थी हुन् । उनलाई स्वार्थी खेलाडीको आरोप लागेको थियो । किनकी उनलाई एक घमन्डी र अहंकार भएको खेलाडीको रुपमा हेरिन्छन् । तर, उनको यो बिषय मैदान भित्रको हो । उनी मैदान बाहिर एक महान खेलाडी मात्र हैनन् । उनी एक दानी समेत हुन् ।
उनले सन् २००९ मा एक लाख पाउण्ड अस्पताललाई दान गरेका थिए । जहाँ आफ्नो आइसल्यान्ड मडेइरामा क्यान्सर सेन्टर खोल्न सकुन् । यतिमात्र हैन एक पटक उनले आफ्नो गोल्डेन बुट समेत बेचेका थिए । उनले २०११ मा जितेको उक्त बुट १५ लाख युरोमा बेचेका थिए । पछि गाजामा उक्त पैसा बालबालिकाका लागि स्कुल खोल्न दान दिएका थिए । उनी सेभ दि चिल्ड्रेन र दि मानग्रोभ केयर फोरुम इन्डोनेसियाका राजदुत समेत हुन् ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]