6 years ago
October 6, 2018
लन्डन (एजेन्सी) – युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका फरवार्ड लियोनल मेस्सीबीच धेरैजसो च्याम्पियन्स लिगका किर्तिमानहरु बाँडिएका छन् ।
रोनाल्डो र मेस्सी यस शताब्दीका दुई उत्कृष्ट खेलाडी हुन् र अधिकांश किर्तिमान रोनाल्डो वा मेस्सीको नाममा छ। तर आज हामी फुटबलका यी दुई महारथीको नाममा नरहेको ५ किर्तिमान हेर्छौँ ।
युरोपियन कपको फाइनलमा सबैभन्दा धेरै गोल अल्फ्रेडो दी स्टेफानो र फेरेन्स पुस्कासको नाममा छ। उनीहरुले युरोपियन कपको फाइनलमा ७ गोल गरेका छन् । दुवै खेलाडी रियल म्याड्रिडबाट खेल्दथे । रोनाल्डोले च्याम्पियन्स लिगको फाइनलमा ४ गोल गरेका छन् भने मेस्सीले जम्मा २ गोल गरेका छन् ।
युरोपा लिग र च्याम्पियन्स लिग गरेर सर्वाधिक खेल खेल्ने खेलाडी स्पेनका गोल किपर इकर क्यासिलास हुन् । उनले १ सय ७२ खेल खेलेका छन्। रोनाल्डो दोस्रो स्थानमा छन् । उनले १ सय ५८ खेल खेलेका छन् भने मेस्सीले १ सय २८ खेल खेलेका छन् ।
क्रिस्टियानो रोनाल्डोले दुई क्लबबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन् । म्यानचेस्टर युनाइटेडबाट सन् २००८ मा च्याम्पियन्स लिग जितेका उनले रियलबाट २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेका छन् । मेस्सीले भने खेल जीवन बार्सिलोनाबाट मात्र बिताएका छन् । उनले ४ पटक बार्सिलोनाबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।
तर सर्वाधिक भिन्न क्लबबाट उपाधि जित्ने किर्तिमान क्लारेर्न्स सिडोर्फको नाममा छ । उनले १९९५ मा आयक्स, १९९८ मा रियल म्याड्रिडबाट र मिलानबाट २००३ र २००७ मा उपाधि जितेका हुन् । यसै सिजन युभेन्टस पुगेका रोनाल्डोलाई सिडोर्फको यस किर्तिमान बराबरी गर्ने अवसर छ ।
पाओलो माल्डिनीले ३६ वर्ष र ३ सय ३३ दिनको उमेरमा लिभरपुलविरुद्ध २००५ मा गोल गर्दा उनि च्याम्पियन्स लिग फाइनलमा गोल गर्ने सबैभन्दा जेठा खेलाडी भएका थिए । रोनाल्डोलाई यो किर्तिमान तोड्न २०२१/२२ को च्याम्पियन्स लिग फाइनलसम्म कुर्नुपर्ने हुन्छ । त्यस्तै मेस्सीले २०२३/२४ फाइनलमा मात्र यो उमेर पार गर्नेछन् ।
यसै सिजन पिएसभीविरुद्ध ह्याट्रिक गर्दै मेस्सीले रोनाल्डोलाई च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने किर्तिमानमा उछिने । उनको नाममा ८ ह्याट्रिक रहेको छ । तर सबै भन्दा छिटो ह्याट्रिक गर्ने किर्तिमान भने रोनाल्डो र मेस्सी दुवैको नाममा छैन । यो किर्तिमान बाफेटिम्बी गोमिसको नाममा छ । २०११ मा डाइनामो जाग्रेब र ओलम्पिक लियोनिसबीचको खेलमा गोमीसले ८ मिनेटमै ह्याट्रिक गर्दै किर्तिमान रचे । मेस्सीको नाममा सबैभन्दा छिटोमा २२ मिनेटको ह्याट्रिक छ भने रोनाल्डोको नाममा १२ मिनेटको ह्याट्रिक छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]