6 years ago
October 6, 2018
लन्डन (एजेन्सी)– चेल्सीका सुपरस्टार इडन हाजार्डले प्रिमियर लिगमा यो सिजनको सुरुवातमा आफुलाई लागेका चार उत्कृष्ट खेलाडीको सुचि तयार पारेका छन् । बेल्जियमका सुपर स्टार हाजार्डले मोहम्मद सलाह, केभिन डी ब्रुइने, सर्जियो अगुइरो र एनगोलो कान्टेलाई उत्कृष्ट चार खेलाडीमा राखेका छन् ।
यो सिजन सलाहको सुरुवात सन्तोषजनक हुन सकेको छैन । अघिल्लो सिजन लिभरपुलका लागि सहालले उच्च प्रदर्शन गरका थिए । उनको उच्च प्रदर्शनबाट प्रेरित लिभरपुल च्याम्पियन्स लिग फाइनलमा पुगेको थियो । गत सिजन ४४ गोल गरेका सहालले डी ब्रुइनेलाई पछि पार्दै पिएफए प्लेयर अफ इयर चुनिएका थिए । प्रिमियर लिगमा शीर्ष खेलाडीको नाम लिइरहँदा हाजार्डले आफुलाई त्यो सुचिमा राखेनन् ।
‘अहिलेको क्षणमा म पनि राम्रो गरिरहेको छु, हजार्डले भने, ‘यदि म उत्कृष्ट छैन भने पनि मलाई खास फरक पर्दैन । प्रिमियर लिगका उत्कृष्टका बारेमा हजार्डले भने, धेरै खेलाडी छन् । अगुइरो उत्कृष्ट खेलाडी मध्ये एक हुन् । डी ब्रुएन अहिले चोटग्रस्त छन् । उनी पनि उत्कृष्ट खेलाडी हुन् । सलाह पछिल्लो वर्षका उत्कृष्ट थिए । एन्गोलो पनि त्यस्तै उत्कृष्टमध्ये एक हुन् ।’
हाजार्डले पनि यो सिजन प्रभावशाली सुरुवात गरेका छन् । देश र क्लबका लागि गरि खेलेका ८ खेलमा उनले ८ गोल गरिसकेका छन् । यस सिजन नयाँ प्रशिक्षक सार्रीले हाजार्डलाई आक्रमणमा खुलेर खेल्न दिइरहेका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]