6 years ago
October 5, 2018
एजेन्सी – एफए युथ कप अन्तर्गत दोस्रो छनोट चरणको खेलमा हेल्सओवेन टाउनले अविश्वसनीय पुनरागमन गरेको छ ।
बिहीबार भएको खेलमा ६० मिनेटको खेल सकिंदा ७-२ ले पछाडी रहेको हेल्सओवेनले ननइटन ब्रोबरोलाई ९-८ ले पराजित गर्दै अर्को चरणमा स्थान पक्का गर्यो । खेलको पहिलो मिनेटमा नै ननइटनले लुइस कोर्कोरनले अग्रता बनाएको थियो । लुइसले फेरी गोल गरेपछि हाफ टाइममा ननइटनले ४-१ को अग्रता बनायो । दोस्रो हाफमा उनले ह्याट्रिक प्रहार गर्दै स्कोर ६० मिनेटमा ७-२ सम्म पुर्याएका थिए ।
त्यसपछि हेल्सओवेनका लागि ड्यान ड्यान्क्स, जेम्स ग्रिफिथ्स र ट्याड मुसाले गोल गर्दै खेलमा फर्काए । ड्यान्क्सले ह्याट्रिक पूरा गर्दै खेल ७-६ मा ल्याए । इन्ज्युरी समयमा टडगेले २ गोल गर्दै पुनरागमन पूरा गरेका थिए ।
यस्तो थियो खेल :
१’ ननइटन बरो १-० हेल्सओवेन टाउन (कोर्कोरन)
४’ ननइटन बरो १-१ हेल्सओवेन टाउन (ड्यान्क्स)
७’ ननइटन बरो २-१ हेल्सओवेन टाउन (जोन्स)
२२’ ननइटन बरो ३-१ हेल्सओवेन टाउन (वान्जोही)
४३’ ननइटन बरो ४-१ हेल्सओवेन टाउन (कोर्कोरन)
हाफ टाइम : ननइटन बरो ४-१ हेल्सओवेन टाउन
४९’ ननइटन बरो ५-१ हेल्सओवेन टाउन (जोन्स)
५१’ ननइटन बरो ५-२ हेल्सओवेन टाउन (लभ)
५२’ ननइटन बरो ६-२ हेल्सओवेन टाउन (कोर्कोरन)
५७’ ननइटन बरो ७-२ हेल्सओवेन टाउन (कोर्कोरन)
६२’ ननइटन बरो ७-३ हेल्सओवेन टाउन (ड्यान्क्स)
७०’ ननइटन बरो ७-४ हेल्सओवेन टाउन (फ्रिफिथ्स)
७०’ ननइटन बरो ७-५ हेल्सओवेन टाउन (मुतासा)
८०’ ननइटन बरो ७-६ हेल्सओवेन टाउन (ड्यान्क्स)
८३’ ननइटन बरो ८-६ हेल्सओवेन टाउन (कोर्कोरन)
८६’ ननइटन बरो ८-७ हेल्सओवेन टाउन (बेर्ड)
९०+२’ ननइटन बरो ८-८ हेल्सओवेन टाउन (टडगे)
९०+६’ ननइटन बरो ८-९ हेल्सओवेन टाउन (टडगे)
फुल टाइम : ननइटन बरो ८-९ हेल्सओवेन टाउन
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]