9 years ago
March 6, 2016
नेपालगञ्ज, फागुन २३ अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरको फुटबल गतिविधिलाई मध्यनजर राख्दै सोही अनुपातमा रेफ्री उत्पादन गर्ने लक्ष्यसहित आइतबारबाट नेपालगञ्जमा रेफ्री कोर्स शुरु गरेको छ ।
बाँके जिल्ला फुटबल संघको समन्वयमा ५ दिनसम्म चल्ने कोर्षमा संघमा आवद्ध बाँके, वर्दिया, सुर्खेत, जुम्ला, दाङ, कैलाली र कन्चनपुरका गरी ३१ प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । रेफ्री ईष्ट्रक्टर सुरेन्द्र सिख्राकार र फिटनेश ईन्ष्ट्रक्टर किरण गिरीद्वारा प्रशिक्षण गरिने कार्यक्रममा रेफ्री सम्बन्धि सैद्धान्तिक र शारिरीक प्रशिक्षण गराईनेछ । सैद्धान्तिक र शारिरीकमा उत्तिर्ण हुनेलाई एन्फा रेफ्री व्याच प्रदान गरिनेछ ।
उक्त कोर्षको उदघाटन एक समारोह विच एन्फाका मानार्थ उपाध्यक्ष गोवद्र्धन सिंह सम्झनाले रेफ्री ईन्ष्ट्रक्टर श्री सुरेन्द्र सिख्राकारलाई लज अफ द गेमको पुस्तक हस्तान्तरण गर्दै भएको थियो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रमका विशेष अतिथी मध्यपश्चिम क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भिम अोली, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतम, ह्याण्डवल संघका केन्द्रिय सदस्य अभय कुमार वस्नेत, क्रिक्रेट संघका उपाध्यक्ष सञ्जय राज सिंह र रेफ्री ईन्ष्ट्रक्टर सुरेन्द्र सिख्राकार मन्तव्य व्यक्त गरेका थिए । सो बांके जिल्लाका फुटबल संघका फुटबल प्रशिक्षकहरु र बाँके जिल्ला फुटबल संघमा आवद्ध विभिन्न क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]