6 years ago
October 5, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – भारतलाई सेमिफाइनलमा हराउँदै साफ यू-१८ महिला च्याम्पियनसिपको फाइनल प्रवेश गरेको नेपाली टोलीले उपाधिको लागि बंगलादेशको सामना गर्नेछ।
आजै भएको दोस्रो फाइनलमा घरेलु टोली भुटानलाई ४-० ले पराजित गरेपछि बंगलादेशले फाइनलमा स्थान बनाएको हो। यसअघि समूह चरणमा प्रतिस्पर्धा गर्दा नेपाल २-१ ले पराजित भएको थियो।
बंगलादेशको जितमा संजिदा अक्तर, मोसोमत मिश्रात जहान, श्रीमोती कृष्णारानी र साम्सुनाहारले गोल गरे। खेलको दोस्रो मिनेटमा संजिदाको गोलमा अग्रता लिएको बंगलादेशले अन्य गोल दोस्रो हाफमा गर्यो। मोसोमत , कृष्णारानी र साम्सुनाहारले क्रमसः ४८,६० र ८६ औं मिनेटमा गोल गरेका थिए।
यसअघि आजै भएको पहिलो सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकरमा ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको थियो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकर पुगेको थियो। फाइनल आइतबार हुनेछ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]