6 years ago
October 6, 2018
टुरिन (एजेन्सी)– इटालियन क्लब युभेन्ट्स बलात्कारको आरोप लागेका आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोका पक्षमा उभिएको छ । अमेरिकी मोडलले रोनाल्डोलाई आफुलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । युभेन्ट्सले सामाजिक सञ्जालमार्फत रोनाल्डोको पक्षमा भनाई राखेको छ ।
३३ वर्षे रोनाल्डोलाई मोडल काथरेन मार्योगाले लास भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी छिन् । त्यो विषयमा नबोल्न त्यसबेला पोर्चुगिज सुपरस्टारले ३ लाख ७५ हजार अमेरिकी डलर समेत दिएको उनको आरोप छ । रोनाल्डोले यो सबै आरोप झुटो भएको दावी पनि गर्दै आएका छन् ।
इटालियन क्लबले रोनाल्डोको पक्षमा ट्विन्ट गर्दै भनेको छ,‘ पछिल्लो समय रोनाल्डोले उच्च व्यावसायिकता र समर्पण देखाएका छन् । युभेन्ट्समा सबैले उनको प्रशंसा गरेका छन् । १० वर्षअघिको विषयलाई अहिले जसरी बाहिर ल्याएको छ, त्यसले हाम्रो धारणामा परिवर्तन आउने छैन ।’
क्लबले उनका पक्षमा खुलेर बोलेपनि उनको प्रायोजक नाइकले भने चासो राखेको छ । नाइकले आजीवन प्रायोजन गरेका तीन खेलाडी मध्ये रोनाल्डो एक हुन् । जसमा बास्केटबलका सुपर स्टारद्वय लेब्रन जेम्स र माइकल जोर्डन छन् ।
‘हाम्रो यसमा गम्भिर चासो छ,’ नाइका प्रवक्ताले भनेका छन्,‘ उनीमाथि लागेको आरोप र अहिलेको अवस्थालाई हामीले हेरिरहेका छौं ।’ रोनाल्डोले भने आफुमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताउँदे आएका छन् ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]