default_image

6 years ago

October 5, 2018

पहिलो हाफमा भारतविरुद्ध नेपालको अग्रता

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साफ यू-१८ महिला च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा नेपालले भारतविरुद्ध १-० को अग्रता लिएको छ ।

नेपालका लागि फरवार्ड रश्मी कुमारी घिसिङले गोल गरिन् । अर्की फरवार्ड रेखा पौडेलको थ्रु पासलाई सदुपयोग गर्दै उनले पेनाल्टी क्षेत्रभित्र बाट सहजै गोल गरेकी हुन् ।

नेपाल समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनल पुगेको थियो । भारतले समूह चरणमा दुवै खेल जित्दै समूह ‘ए’ को विजेता भएको थियो ।

अर्को सेमिफाइनलमा बंगलादेश र भुटान भिड्नेछन् । नेपाल समूह चरणमा बंगलादेशसँग २-१ ले पराजित भएको थियो ।

भिडियो :

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.